एजेन्सी । नेपालमा पुरुष भन्दा महिला धेरै छन्। तर विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ महिलाको संख्या कम भएका कारण पुरुषहरु विवाह गर्न पाएका छैनन्। त्यस्तै विश्वमा यस्तो राष्ट्र छ जहाँ महिलाहरु अविवाहित पुरुष नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन्।
सिरियामा भएको गृहयुद्धका कारण पुरुषहरुको संख्यामा कमी आएको छ। लाखौ पुरुषहरुले देश छाडेका कारण पनि सिरियामा पुरुषकोहरुको अनिकाल परेको हो। पुरुषको कमी भएपछि अविवाहित महिलाहरुहरु विवाहित पुरुषको कान्छी, माइली वा साइली दुलही सम्म बन्न तयार रहेका छन्। सिरियामा रहेका पुरुषहरुको जतिवटी श्रीमति भएपनि अविवाहित महिलाहरु विवाह गर्न राजी हुने गरेका छन्।
सन् २०१० को तुलनामा सन् २०१५ मा बहुविवाहको आकडा ह्वात्तै बढेको थियो। देशमा पुरुषहरुको संख्या महिलाको भन्दा थोरै रहेको छ । ७० प्रतिशत अविवाहित महिलाहरु छन्। धार्मिक हिसाबले बहुविवाह एक हल हुनसक्ने भएपनि महिलाहरुको संख्या उच्च भएपछि सजिलै समस्या हल नहुने बताइएको छ। समाजिक सुरक्षाका लागि भनेपनि विवाह गर्न नचहाने महिलाहरु पनि विवाहका गर्न हतारिएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।