ट्रम्पका सहकर्मी भन्छन्, “ट्रम्पले हल्ला गरेर हुँदैन, बाइडेनले जिते भने शान्तिपूर्णरुपमा हामी सत्ता हस्तान्तरण गर्छौं”



वाशिङ्टन । अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका शीर्ष नेता मध्येका एक मिच म्याकोनलले डेमोक्रेटिक पार्टीले राष्ट्रपति निर्वाचन जिते सत्ताको हस्तान्तरण शान्तिपूर्ण ढंगले हुने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै सर्वोच्च अदालत जाने चेतावनी दिइरहेका बेला केन्टकीका सिनेटरसमेत रहेका म्याकोनलले जो बाइडेन चुनाव जिते सत्ताको हस्तान्तरण अत्यन्तै शान्तिपूर्ण ढंगबाट हुने बताएका हुन् ।

“हरेक चार वर्षमा नयाँ प्रशासनका लागि जनताले मतदान गर्दछन् भने सिट छाड्न वा हस्तान्तरणमा के आपत्ति ?,” प्रश्न गर्दै उनले भनेका छन् ।

उन्होंने कहा, “हर चार साल में नये प्रशासन के लिए जनता वोट करती है, तो सीट छोड़ने में या हस्तांतरण में  दिक्कत क्यों होगी” ।

यद्यपि, नोभेम्बर ३ बाटनै राष्ट्रपति ट्रम्प डेमोक्रेट नेताहरुमाथि चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि, उनीसँग धाँधली प्रमाणित गर्ने कुनै प्रमाण भने देखिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्