नेपाल एक कृषिप्रधान देश हो । यो हामी सबैलाई थाहा छ । तर म के भन्न खोजेको हो त्यो कसैलाई थाहा छैन, यसको लागि पुरा पढौ ।
हाम्रो देशमा कृषि उत्पादन गरेर मात्रै हुँदैन, त्यसलाई बजार तथा उद्योगसित पनि जोडिनुपर्दछ । त्यसको लागि हाम्रो देशमा उद्योगको सृजना गरि निर्माण का साथै यातायातसित जोडिनुपर्दछ । यी कुरा लगभग हेर्दा नेपालको राजनीतिका कारण लिन सकेको छैन जस्तो लाग्छ । किनभने हाम्रो देशमा १० % पनि उद्योग संचालनमा आएको छैन ।
अब कुरा गरौं देशका किसानहरूको बारेमा किसानलाई सामान्य कुरा पनि दिन्न सकेको छैन। कृषि पेसा अझै पनि पैत्रिक पेशा को रुपमा नै चलिरहेको छ। यो नितान्त वैज्ञानिक र प्राविधिक विषय हो । अब यस विषयमा तीन तहकै सरकारले ठोस नीति नियम ल्याउनु पार्ने हो ।
हाम्रो देश कृषिप्रधान भनेर हुँदैन बनाएर देखाउनु पर्दछ । यहाँ पानी, भूमि र मानव शक्ति छ तर सही प्रयोग गर्न आधुनिकीकरण र प्राविधिकमा धेरै पछाडि छ । यो हो हाम्रो देशको राजनीतिका कारण जसले गर्दा केही भइरहेको छैन । हाम्रो देशका ठुल्ठुला नेताहरु वास्तवमा भन्ने हो भने टेक्नोलोजी आधारित कृषि उत्पादनका निर्यातलाई मात्र भाषणमा अगाडि बढायो तर उत्पादनमूलक कसरी बनाउने त्यसमा हैन । सरकारले आफू गर्न नसके भने किसान कै जिम्मामा लगाउनुपर्छ । त्यसका लागि गाउँ गाउँमा हरेक किसान को पहुँचमा हुनेगरी प्राबिधिक खटाउनु अवस्यक छ ।
यति मात्र नभई किसानलाई लाखौं को अनुदान को आस देखाउनु भन्दा किसानका बालीमा आइपर्ने समस्या को समाधान नेपालका ७५३ औं स्थानीय सरकारले गर्नु अवस्यक छ । यसले बढ्दो गरिबी र बेरोजगारी अन्त्य गर्न सहयोग पुग्ने छ । हाम्रो देशको कुल जनसंख्या को ६५% जनताले यही पेसामा आबद्ध छन । तर पनि अझैसम्म मर्यादित र व्यवसायी रुपले फड्को मार्न सकेनन् । भावी समयमा बेरोजगार कम र देश विकास गर्न आउने सहयोग आर्थिक चाहिँ कृषिले नै पुरा गर्ने हो , विश्वास छ । कृषि उत्पादनमा आधुनिकीकरण भए भने वातावरणमा पनि सकारात्मक परिवर्तन आउन सकिन्छ । मानव विकासक्रम बढ्दै गइरहेको छ । त्यसको मध्यनजर गर्दै हाम्रो देशमा कृषिलाई पनि उत्पादनमूलक बनाउनुपर्छ । साथसाथै हरेक गाउँका किसानलाई औपचारिक कृषि शिक्षा दिनुपर्ने हुन्छ । ज्ञान र तालिम अभावका कारण किसानहरु जथाभावी रसायनिक मल र विषादि विक्री गर्ने स्थानीय व्यापारीहरुवाट ठगिईरहेका छन त्यसमा चाहिँ स्थानीय सरकारको पनि मिलोमतो प्रष्ट हेरिन्छ । यस्ता विकराल प्रस्थितीलाई समयमै रोक्नुपर्छ ।
तनविर रेजा राइन✒️
सामाजिक कर्मी तथा अधिकार कर्मी
अनेरास्ववियू नेकपा सदस्य, धनुषा |
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।