दाङका सन्चारकर्मी बलबिर अस्पताल भर्ना जिबन बचाइदिन सबैलाई गरे आग्रह



केही समय पहिला रेडियो झरना एफएममा रेडियो कार्यक्रम चलाएका पत्रकार हुन् भने आफ्नै वास्तविक खबर नामक युटुब चलाउछ्न्।

बिकत जिल्ला रोल्पाको रुन्टिगढी गाउँपालिका बिपन्न परिवारमा जन्मेका बलबिर नेपालीलाई गरिबी नै नियती बनेको छ । उनी बिगत ६ बर्ष देखि दुबै मिर्गौला सुन्निएर आफुसंग आर्थिक अभावको कारण राम्रोसंग उपचार गर्न सकेका छैनन् ।

मिर्गौलामा पानी जमेर सुन्निए पछि मिर्गौलाले फिल्टर गर्न नसक्दा नै नेपाली कहिले अस्पताल त कहिले घरमा छट्पटीएर छ बर्ष बिताइरहेका छन् ।
केही सहयोगीहरुको सहयोगले उनी आफ्नो रोगको पहिचान त गरे तर निको हुन ६,७ लाख लाग्ने डाक्टरले बताए पछि उनी आफ्नो शरीरको रोगको पिडासंग छटपटिनु बाहेक अरु विकल्प नै रहेन ।

न त आफुसंग पैसा छ न त केही बेच्न जग्गा जमिन नै छ न त कसैले रिण नै पत्याउछन् कहिले सुन्निएर आफैलाइ चिन्न नसअक्ने हुन्छन् , कहिले बिहोस हुन्छन् ।

तर आर्थिक अभावकै कारण उपचार गराउन सकेका छैनन् । बिरामीले निकै बढदै गए पछि आज अकस्मात दाङको गोर्खा अस्पताल भर्ना भएका छन् ।
आफू कुनै सघ , संस्था र राजनीतिक पार्टीमा आबद्ध नहुदा दाङकै संस्थाहरु, पत्रकार महासंघबाट पनि सहयोग नपाएको गुनासो ब्यक्त गरेका छन् ।
यो विषयमा पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियसनसंग कुरा गर्दा आफुलाई थाहा नभएको र कुनै जानकार नआएको भन्दै महासंघले नेपालीको उपचारको लागि केही सहयोग अबस्य गर्ने छौ थाहा अनलाइनलाई बताए ।

सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान शुनिएको छ । केही समय पहिले भारतमा पुगेर सहयोग उठेको भारतिय रकम ५५ हजार बराबरको औंषधी लिएको नेपाली नेपाली बताउनु भयो । औषधी सेवनले वलविरमा केही सुधार आए पनि पुनः अहिले पुरै शरिर शुनिएको छ । अहिले अर्काे औषधी चलाईएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल) को मात्रा बढेपछि यस्तो समस्या आफुमा देखिएको बताए ।
आफू निरोगी हुदासम्म दुखी गरिबहरुको आवज बनेका सन्चारकर्मी नेपाली यतिबेला आफैं आफ्नो जीवन रक्षाका लागि देश बिदेशमा रहने दाजुभाइहरु सित आफ्नो जीवन बचाइदिन अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्