दाङबाट राेल्पाका लागि छुटेकाे जिप दुर्घटना, तीन जनाकाे मृत्यु



कात्तिक २२, रोल्पा । दाङबाट राेल्पाका लागि छुटेकाे जीप दुर्घटना हुँदा तिन जनाकाे मृत्यु भएकाे छ ।

दाङ तुलसीपुरबाट सल्यानकाे कपुरकाेट, राेल्पाकाे झ्याम हुँदै राँककाे लागि छुटेकाे लु १ ज २९११ नम्बरको डबलक्याप जीप दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

जीप शनिवार साँझ सल्यान र राेल्पाकाे सिमानामा पर्ने सल्यानकाे छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा दुर्घटना भएकाे प्रहरीले जानेको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेका छन । अहिले घटनास्थलमा राेल्पाकाे त्रिवेणी गाउँपालिका काेइलाबाट र सल्यान छत्रेश्वरी गाउँपालिकाकाे जयचाैरबाट प्रहरी टाेली पुगेकाे छ ।

गाडी सडकदेखि अन्दाजी ३ सय मिटर तल पुगेकाे छ । उकालाेमा ब्यक गर्ने क्रममा गाडी दुर्घटना भएकाे बुझिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्