विष्फोटमा पत्रकारसहित ३ को मृत्यु, विष्फोटको कसैले जिम्मा लिएन



काबुल । अफ्गानिस्तानको राजधानी काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको छ । प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले यो समाचार उल्लेख गरेको छ ।

सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावास सहितको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको वम रहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्