दंगीशरण गाउँपालिकाले जनचाहना अनुसार काम गरिरहेको छ: वली



दंगीशरण गाउ“पालिकाकी उपाध्यक्ष, समाजसेवी पिमा कुमारी वली स“ग दंगीशरण गाउ“पालिका क्षेत्रभित्र भएगरेका गतिविधि र समसामयिक विषयमा केन्द्रित रहेर सूचनापत्रको साता कुराकानिका लागि यस पत्रिकाका सह–सम्पादक अनिल अधिकारी ले गरेको कुराकानिको सारसंक्षेपमा………….
स्वागत छ सूचनापत्रको साता कुराकानिमा ?
धन्यबाद !
तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?
म दंगीशरण गाउँपालिकाको उपाध्यक्ष भएकाले गाउँपालिका क्षेत्रभित्र हुने सामाजिक कार्यमा व्यस्त हुने गरेकी छु । गाउँपालिका वासीहरुको हरेक सुखदुखमा सामेल हुने गरेकी छु । नोवेल कोभिड–१९ कोरोना भाइरसले विश्व जगत नै आव्रmान्त बनाएको छ । कोरोना अहिले समुदायमा प्रवेश गरेको छ । कोरोनाको संक्रमणका कारण मानवको मृत्यु दिनप्रतिदिन बढ्दो क्रममा छ । दंगीशरण गाउँपालिकामा पनि कोभिड–१९ को संक्रमीत देखिएका छन् । गाउँपालिका वासीलाई कोभिड–१९ संग सतर्क रहँदै स्वास्थ्यका मापदण्ड पुरा गर्न र जनचेतनामूलक कार्यक्रममा मेरो व्यवस्ता रहेको छ ।
कोभिड–१९ को प्रभाव समाजमा कस्तो पर्न गयो ?
विश्वव्यापी संकटको रुपमा देखा परेको नोवेल कोभिड–१९ ले विश्व जगतलाई त्राहीत्राही बनाएको अवस्थामा हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । हामी जस्ता आमनागरिकलाई कोभिड–१९ को प्रभाव प्रत्यक्ष रुपमा पर्न गयो । विशेषगरी ग्रामिण दुरदराजमा बसोबास गरेका नागरिकलाई कोभिड–१९ ले साह्रै पीडा दियो । अति विपन्न, गरिब र दैनिक ज्यालामजदुरी गरी परिवार पाल्नेहरुलाई कोभिड–१९ श्राप नै बन्यो । समाजमा दैनिकी हुने छलफल, भेटघाट, सामुहीक कार्य कोभिड–१९ का कारण समयमै हुन नसक्दा विकास निर्माणका कामहरु समयमै सम्पन्न हुन सकेका छैनन् त्यसको प्रत्यक्ष असर नागरिकहरुलाई पर्न गएको जगजाहेर नै छ ।
तपाइले तीन वर्षिय कार्यकालको अनुभव कस्तो गर्नु भयो ?
तीन वर्षिय कार्यकालको अनुभव सुखद नै रह्यो । दंगीशरण गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भईसकेपछि केही समय कानून र कुरा बुझ्न लाग्यो तर विस्तारै सबै सहज हुँदै गयो । हामी जनताको सेवाको लागि निर्वाचित भएका थियौं र जनसेवा गर्नुपर्छ भन्ने भावना जागृत हुँदै आयो । जनता सँग हिजो हामीले जुन प्रतिवद्धता गरेका थियौं सो प्रतिवद्धता अनुरुप अहिले हामीले काम गरिरहेका छौं । गाउँपालिका क्षेत्रभित्र हुने सम्पूर्ण विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक, यातायात, सञ्चार, खानेपानीका विषयमा जनता सँग गरेको प्रतिवद्धता अनुरुप नै काम गर्ने प्रयासमा हामी रहेका छौं ।
दंगीशरण गाउ“पालिकामा हालसम्म भएगरेका राम्रा काम के हुन् ?
दंगीशरण गाउँपालिकामा जति पनि कामहरु भएका छन् ती सबै राम्रा छन् । जनताको भावना बुझि जनचाहना अनुसार गाउँपालिकाले विकास निर्माणको कामलाई तीव्रगतिमा अघि बढाएको छ । सडक, विद्युत, खानेपानी, यातायात, सञ्चारलाई प्राथमिकतामा राखी गाउँपालिकाले काम गरिरहेको छ । दंगीशरण गाउँपालिका वडा नं. १ को अति विकट क्षेत्र फुर्केसल्लीमा सडक विस्तार भई यातायात सञ्चालनमा आएको छ । दंगीशरण २ कौवाघारीका वासिन्दाहरुको माग वमोजिम विकास निर्माणको कामलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै खानेपानीको व्यवस्थापन गरिसकेको छ । गाउँपालिकाका अन्य वडा र टोलहरुमा पनि जनचाहना वमोजिम विकास निर्माणको काम तीव्र गतिमा अघि बढीरहेको व्यहोरा यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
दंगीशरणका जनताको चाहाना वमोजिम काम भएकै हो त ?
मैले पहिले पनि भने– ‘दंगीशरण गाउँपालिकाले जनचाहाना अनुसार काम गरेको छ ।’ गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने जनताको चाहाना फरकफरक हुन सक्छन् एकै समय एकै पटक सबैको चाहाना नसमेटिन पनि सक्छ तर विस्तारै विस्तारै सबैको चाहाना समेट्ने गरी गाउँपालिकाले काम गरिरहेको छ । वडा र टोलको भेला गराई कुन ठाउँमा के आवश्यक्ता छ सो कुराको जानकारी लिई हामीले विकास निर्माणका कामहरु गर्ने गरेका छौं ।
दंगीशरण गाउ“पालिका का जनताले जनप्रतिनिधिहरु एकलौटी ढंगले अघि बढे जनचाहाना अनुसार काम गरेनन् भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ?
दंगीशरण गाउँपालिका का जनप्रतिनिधिहरु एकलौटी ढंगले अघि बढे जनचाहाना अनुसार काम गरेनन् भन्ने आरोपमा कुनै सत्यता छैन । दंगीशरण गाउँपालिका सबै पालिकावासीको भावना समेटी काम गर्ने प्रयासमा छ । काम गर्ने क्रममा सबैको भावना नसमेटिएको मात्र हो तरपनि हामीले सबैलाई समेटी विकास निर्माणका कामहरु गरेको सर्वविदितै छ ।
दंगीशरण गाउ“पालिका का अध्यक्ष र उपाध्यक्ष फरक–फरक दलबाट निर्वाचित भएकै कारण विकास निर्माणका काममा ढिलाई भएको छ भन्ने जनगुनासो छ नी ?
हिजो निर्वाचनको समयमा हामी फरक–फरक राजनीतिक दल बाट उमेद्वार बनेका थियौं । निर्वाचनको समयमा हामीहरुले आ–आफ्ना राजनीतिक दलका चूनावी ऐजेण्डा जनतामाझ प्रस्तुत गरेका थियौं । जनताले जो उमेद्वारलाई मन पराउनु भयो त्यसैलाई नै निर्वाचनमा विजय बनाउनु भयो । जसैगरी हामी निर्वाचित भयौ, हामी कुनै दलको नभई जनताको जनप्रतिनिधि बनेका छौं । समग्र गाउँपालिकाको विकासको लागि हाम्रो फरक मत रहँदैन हामी एक भएर गाउँपालिकाको विकास निर्माणलाई अघि बढाउने प्रणका साथ लागेका छौं । अध्यक्ष र म बिच गाउँपालिकाको समग्र विकासको लागि छलफल भईरहन्छ । हामीले हाम्रो कार्यकालमै दंगीशरणलाई समृद्ध गाउँपालिकाको रुपमा परिचित गराउने उद्देश्यका साथ काम गरिरहेका छौं ।
तपाई गाउ“पालिका न्यायीक समितिको संयोजक पनि हुनुहुन्छ । न्यायीक समितिमा कस्ता प्रकृतिका मुद्दा आउने गरेका छन् ?
दंगीशरण गाउँपालिकाको न्यायीक समितिमा विशेषगरी महिला हिंसाका मुद्दाहरु बढी आउने गरेका छन् । जग्गा विवाद, कुलोपानी, सम्बन्ध विच्छेद र पुरुष हिंसाका निवेदनहरु पनि आएका छन् । गाउँपालिका न्यायीक समितिले गर्न सक्ने र न्याय दिने ठाउँमा सबैलाई न्याय दिएको छ । सम्बन्ध विच्छेदको मुद्दालाई हामीले अदालत पठाउने गरेका छौं । पुरुष हिंसाका घटना पनि न्यायीक समितिबाट मिलाएका छौं । लैङ्गीक हिंसाका अधिकांश मुद्दा गाउँपालिकाको न्यायीक समितिले मिलाएको जानकारी यहाँहरुलाई दिन चाहन्छु ।
तपाई महिला भएकै कारण पनि गाउ“पालिका क्षेत्रभित्र रहेका महिलाहरुको हक अधिकार विषयमा कत्तिको आवाज उठाउनु भएको छ ?
म सामाजिक क्षेत्रमा क्रियाशिल भएदेखि नै महिला हक अधिकारका विषयमा आवाज उठाउँदै आएकी छु । म दंगीशरण गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भईसकेपछि गाउँपालिका क्षेत्रभित्र रहेका महिलाहरुको पक्षमा निरन्तर आवाज उठाउँदै महिलाहरुकै पक्षमा काम गरेको सर्वविदितै छ । ग्रामिण दुरदराजमा रहेका अत्ति विपन्न, गरिब परिवारका महिलाहरुलाई संगठीत गर्दै महिला हकअधिकारका विषयमा कुरा बुझाउँदै आयआर्जनमा लाग्न सल्लाह र सुझाव दिँदै आएकी छु । पीतृसत्तात्मक सोचले ग्रस्त समाजमा महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने परिपाटीको अन्त्यका लागि हामी लागी परेका छौं । घरको चुलोचौकोमा सिमित रहेको दंगीशरण गाउँपालिकाका महिलाहरु अहिले आयआर्जनमा लागेका छन् । दैनिकी खर्चको व्यवस्थापन महिलाले आफै गर्न सक्षम भएका छन् । नियमित छलफल र अन्तरक्रिया दंगीशरण गाउँपालिका क्षेत्रभित्र भइरहेको छ । विभिन्न सामाजिक संघ संस्थाहरुले पनि महिला हकअधिकारका पक्षमा गाउँपालिका भित्र काम गरिरहेका छन् । म एक्लैको प्रयासले भन्दा पनि हाम्रो सामुहिक प्रयास बाट महिला हक अधिकारका पक्षमा गाउँपालिका भित्र काम भईरहेको छ ।
दंगीशरण गाउ“पालिका वासीलाई केही भन्नु छ ?
नोवेल कोभिड–१९ को त्रास यथावत नै छ । यो समुदायमा फैलिरहेको छ । कोभिड–१९ त्रासको बिचमा नेपालीहरुको महान चाडपर्वहरु आएका छन् । सामाजिक दुरी कायम गरी चाडपर्व मनाउने बाध्यत हामी छ । दंगीशरण गाउँपालिकामा पनि कोभिड–१९ को संक्रमण देखिएको छ । यसबाट भोली भयावह अवस्थाको सृजना हुनसक्छ त्यसैले समयमा सावधानी अपनाउँदै स्वास्थ्यका मापदण्ड पुरा गरी चाडपर्व मनाऔं । कोभिड–१९ बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं । मन, वचन र कर्मले सामाजिक क्षेत्रमा क्रियाशिल रहौं ।
१५. अन्त्यमा …………..
मलाई दंगीशरण गाउ“पालिका क्षेत्रभित्र भएगरेका गतिविधि र समसामयिक विषयमा केन्द्रित रहेर मेरा बिचारहरु राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा तपाई लगाएत यस सूचनापत्र साप्ताहिक पत्रिकालाई धन्यवाद !
(सुचनापत्र साप्ताहीकबाट साभार)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्