बलात्कारी शिक्षक रिहा भएपछि पीडित पक्ष आक्रोसित



डोटी । किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ ।

डोटीको केआइसिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडेको भन्दै उनीहरु आक्रोसित भएका हुन् । अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो । शिक्षक भट्टलाई सो गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिए । शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ ।

यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको गरिएको स्वास्थ्य परीक्षणमा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । ती किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्