जनदेशलाई कुल्चेर सत्तामा बसिरहन् सुहाउदैन् – पोख्रेल



सैघाली खबर,
तुलसीपुर १६ पुस ।

एमाले स्थायी कमिटि सदस्य शंकर पोख्रेलले पाँच नं. प्रदेशको राजधानी दाङ हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् । नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुर र नेपाल राष्ट्रिय उद्योग ब्यापार तुलसीपुरको आयोजनामा आईतबार तुलसीपुरमा भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले दाङ राजधानी हुने कुरामा अनाबश्यक टिप्पनी नर्गन आग्रह गरेका छन् ।

‘अहिले मुख्य मन्त्रीसंग राजधानी साटिदैछ भन्ने हल्ला फैलाईएको छ’ उनले भने ‘ यसका पछाडि नलाग्नुुस ।’ उनले अहिले काग्रेस नेतृत्वको सरकार भएकाले अस्थाई राजधानी काग्रेसले तोक्ने भन्दै उनले अहिलेको अस्थाई राजधानी साट्ने हल्ला निराधार भएको बताए । ‘

अस्थायी राजधानी काग्रेस नेतृत्वको सरकारले तोक्छ भने बामगठबन्धनको नेतृत्वले मुख्य मन्त्री तोक्ने हो’ उनले भने ‘ अस्थायी राजधानी तोक्ने र मुख्य मन्त्री चयन गर्ने कुरालाई जोड्नु गलत छ ।’ उनले काग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी दाङ तोके त्यसलाई बामगठबन्धनको सरकारले स्थायी बनाउने समेत बताए ।

उनले फरक प्रसंगमा जनताले प्रतिपक्षमा बस्न भनी पठाईसकेपछि पनि सत्तामा बसिरहनु जनताको जनादेशको बिरुद्धमा रहेको बताएका छन् ।

उनले बाधा अट्काउ फुकाउ मार्फत काग्रेस नेतृत्वको बर्तमान सरकारले बामगठबन्धनलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।‘ सत्ता सञ्चालन गर्न भनी जनताले बामगठबन्धनलाई पठाईसके, अझै पनि सत्ताकै कुर्सीमा बसिरहन काग्रेसलाई नैतिकताले दिदैन्’ उनले भने‘ अब काग्रेसले सहज रुपमा सत्ता हस्तान्तरणको विकल्प छैन् ।’ ‘काग्रेस प्रजातान्त्रीक पार्टी हो भने जनताको जनदेशलाई सहर्स स्वीकार गर्नुपर्छ ।’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्