साढे तीन किलो चादी सशस्त्र प्रहरी नवलपरासीको नियन्त्रणमा



रबिन्द्र यादव / नवलपरासी पश्चिम

सशस्त्र प्रहरी नवलपरासी पश्चिमले साढे तीन किलोग्राम चादीका गरगहना र मुर्ति गेरमा अस्थायी सशस्त्र प्रहरी पोष्टबाट नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको अधारमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोल दसगजा नजिकबाट चेकजाँच गर्ने क्रममा उक्त गहना र मुर्ति नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।

भारतबाट भन्सार छलि नेपाल ल्याउदै गरेको चादीका गरगहना नियन्त्रणमा लिइएको हो । करिब तीन लाख भन्दा बढि मूल्य बराबरको रहेको उक्त गरगहना र मुर्ति अावश्यक कार्यवाहीको लागि महेशपर भन्सार पठाइएको गण नं २६ बेलासपुरका गणपति महेश अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी नेपालका एसपी अधिकारी नवलपरासीमा अाए देखि सिमामा कडा निगरानी बढाएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्