गणतन्त्र दैनिक ११ औ बर्षमा




सैघाली खबर
दाङ, १५ पुस । दाङको घोराही बाट प्रकाशित हुदै आएको गणतन्त्र दैनिक एघाराँै बर्षमा प्रवेश गरेको छ । गणतन्त्र दैनिकले घोराहीमा एक कार्यक्रमको आयोजना गरी ११ औ बाषिक उत्सब मनाएको छ । घोराही स्थित भिग्रेली भिलेजमा विशेष कार्यक्रमको आयोजनागरी मनाएको हो । बार्षिक उत्सवको एमाले स्थायी कमिटी सदस्य पूर्व संचारमन्त्री एवं ५ न. प्रदेशका प्रदेशसभा सदस्य शंकर पोखरेलले उद्घाटन गर्नु भएको छ । पत्रिका २०६४ पुस १६ गते देखि नियमित रुपमा प्रकाशित हुदै आएको छ । बार्षिक उत्सवको अबसरमा पत्रिकाले घोराही स्थित बृद्धआश्रममा फलफुल वितरण तथा रत्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

चार कर्मचारी पुरस्कृत
११ औ वार्षिक उत्सवको अबसरमा पत्रिकाले चार कर्मचारीलाई पुरस्कृत गरेको छ । पत्रिकामा कार्यरत गोविन्द थापा,चिन्तन बुढा खिमराज भण्डारी र पूर्व कर्मचारी गिता भण्डारीलाई पुरस्कत गरेको हो । प्रमुख अतिथी पोखरेलले पुरस्कृत सबैलाई नगद र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । यस्तै पत्रिका नियमित स्तम्भकार चन्द्रराज पन्त, नारायणप्रसाद श्रेष्ठ,लालमणी पौडेल र पत्रिकाका संस्थापक शम्भु गौतमलाई विशेष विशेष सम्मान गरेको हो । बार्षिक उत्सब पत्रिकाका प्रकाशक तथा सम्पादक सविन प्रियाशनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सह सम्पादक नविन अभिलासीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्