जहाँ पुरुषको मृत्यु भए महिलाको हातको औँला काटिन्छ !



काठमाडौं। विश्वमा विभिन्न परम्पराहरु छन्। कुनै यस्ता परम्परा पनि हुन्छन,जुन सुन्दा पत्याउन पनि मुस्किल पर्छ। यस्तै इण्डोनेशियामा एक अनौठो परम्परा छ। जुन सुन्दा निकै अनौठो लाग्छ। इण्डोनेशियामा एक समुदायमा महिलाको औंला काट्ने परम्परा छ।

यदि पुरुषको मृत्यु भएमा महिलाले औंला काट्ने गरिन्छ। पुरुषको मृत्यु भएमा महिलाले औंला काट्दा भुत भएर नतर्साउने विश्वास छ। यो अनौठो परम्परा इण्डोनेशियाको दानीमा छ। यहाँ ढाई लाख जनसंख्या रहेको छ। यस समुदायमा यदि पुरुष मरेमा केही घण्टामानै महिलाको औला बाध्ने गरिन्छ। किनकी औंला काट्दा रगत धेरै नबगोस्।

औला पहिले नै बाधेँपछि मात्र औला काटिन्छ। केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा यसबारे बताइएको छ। परिवारमा पुरुषको मृत्यु हुँदा कुनै महिलाका हात काट्दा काट्दा औला सकिएको पनि बताइएको छ। यसै कारणले यहाँ सरकारले अहिले उक्त परम्परा बन्द गरिदिएको बताइएको छ। तर केहिले भने यो परम्परा मनाउदै आएको पनि बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्