पेटमा बच्चा रहे पछि प्रेमीले जबर्जस्ती बिष पिउन बाध्य बनाई फरार



रामेछापकी एक दलित युवतीलाई रसुवाको बर्ष ४०को अर्जुन अबस्थीले करिब एक बर्ष देखि प्रेमजालमा पारी युवतीसगैं बसि अहिले फरार भएको छन् । युवतीको भनाइ अनुसार आफुले ठेलागाडामा तरकारी बेच्दा उक्त पुरुष पनि उहीँ ब्यापार गर्ने भएकोले चिनजान भयो पछि परिवार कोहि छैन भनी बिश्वास दिलाए पछि सगै बसियो । जब म गर्भवती भएको खबर सुनाए तब आफैले मेटासिड ( विष ) किनेर कोठामा ल्यायो र जबर्जस्ती खान बाध्य गरायो लगातार ४ दिनसम्म त मर्नै पर्छ , मलाई अफ्ट्यारो हुन्छ भन्दै धम्काए पछि उसकै अगाडी बाध्य भएर मेटासिड पिए , पिए पछि म बिहोस भए छु अनि त्यो फरार भए छ , १३ अस्पतालमा भर्ना भय पछि बल्ल निको भए , प्रहरीमा उजुरी दिए तर न्याय पाउन सकिन , नयाँ बसपार्क , कलङ्की महिला सेल र चक्रपथमा उजुरी दिदा पनि प्रहरीले केही गरेनन् उल्टा रसुवा जानू भनी वकिलले पत्र लेखेर दियो । अहिले फरार छ जसलाई बिश्वास गरे उसैले मलाई मर्न बाध्य बनायो ।

हेर्नुहोस् पीडित युवतीसंगको कुराकानी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्