नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा



नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडाैंकाे आदेशपछि उनी आज रिहा भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका सहप्राध्यापक प्रेम चलाउनेमाथि भएकाे आक्रमणमा संलग्न भएकाे अभियाेगमा दिपकलाई प्रहरीले पक्राउ गरेकाे थियाे । साे घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएकाे थियाे । घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेकाे हाे । कात्तिक १३ मा उनलाई पक्राउ गरिएकाेे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्