कर्री सामुदायिक बनको ११ अौँ साधारण सभा



टेकबहादुर पुन, दाङ । बन जँगलको सँरक्षणमा सबैको उत्तिकै दायित्व रहेको सोमबार लमहीमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् ।

मानव जीवन सँग प्रत्यक्ष सरोकार राख्ने बन जँगललाई सँरक्षण गर्न सके स्वास्थ्यको दृष्टीकोणले पनि हरेक प्राणी स्वस्थ रहने कुरामा जोड दिए ।
लमही नगरपालिका वडा नम्बर ६ र ७ स्थित कर्री सामुदायिक बन उपभोक्ता समूह अर्जुनखोलाको ११ अौँ साधारण सभामा बोल्ने बक्ताले प्राणीको स्वास्थ्यका लागी बनको सँरक्षण अपरिहार्य रहेको बताए ।

समुहका अध्यक्ष कृष्ण खत्रीको शभाध्यक्ष तथा डिभिजन बन कार्यालय देउखुरीका प्रतिनिधि टोप बहादुर अोलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समुहका कोषाध्यक्ष सुमित्रा शाहले आर्थिक बर्ष २०७६/०७७ को १४ लाख ३ हजार ५ सय ७९ रुपैया ३९ पैशाको आय ब्यय प्रस्तुत गरेकी थिईन । साथै आर्थिक बर्ष २०७७/०७८ को आम्दानीको स्रोत र भाबी योजना पनि प्रस्तुत गरेकि थिईन ।


कार्यक्रममा समुहका सहसचिब सामसुङ गिरीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
समुहकी महिला सदस्य शारदा सुमित्रा शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बड्कापथ टोलबिकाश सँस्थाका मोतीलाल दसौँदी, मध्यनगर टोल बिकाश सँस्थाकी राधा चौधरी, लङ्गडी टोलबिकाश सँस्थाका सचिब शिबलाल पन्थी, दामोदर पाण्डे, पत्रकार शिबराज खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन समुहकी सचिब शारदा खड्काले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्