गोपाल किराँतीको कुप्रचारबाट कोहीपनि भ्रममा नपर्नु होलाः माओवादी केन्द्र



काठमाडौं । गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रमा हाल वैचारिक किचालो देखा परेको छ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको विधान, पद्धती र नीति विपरित पार्टीको सल्लाहकार समितिका नेता समेत रहेका पूर्वअध्यक्ष गोपाल किराँती वैचारिक विचलन भई भ्रामक दुश्प्रचारमा लागेको भन्दै खण्डन गरेको छ ।

उक्त दुश्प्रचारबाट भ्रमित नहुन आम पार्टी पंक्ति, राजनीतिक मित्र शक्तिहरु र आम न्यायप्रेमि जनसमुदायमा अपिल गरेको छ । माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘शुशिल’ ले एक विज्ञप्ति जारी गरेर पार्टीको सल्लाहकार समितिको जिम्मेवारीमा रहेका नेता किराँतीले गैरराजनीतिक चरित्र प्रर्दशन गर्दै एकल ढंगले अधिकार क्षेत्रभन्दा बाहिरबाट पार्टीबारे भ्रम सिर्जना गर्न गरेको बताएका छन् ।

गत असोज २५–२६ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले तत्कालिन अध्यक्ष समेत रहेका नेता किराँतीमा मालेमावादी वैचारिक विचलनका कारण पार्टी अध्यक्ष पदबाट हटाएको र त्यसलाई आउँदो मंसिर ८ र ९ गते बस्ने केन्द्रीय समितिको बैठकमार्फत थप वैधानिकता दिने निर्णय गरेको अवस्थामा किराँतीले अराजनैतिक ढंगबाट माओवादी केन्द्रको नाममा विज्ञप्ति जारी गर्दै पार्टी विघठनको हल्ला चलाएको उक्त विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा किराँतीले धार्मिक विचार विपश्यनालाई माक्र्सवादको चौथो संघठक अंगकारुपमा राख्ने विषयको प्रस्ताव सार्वजनिक गरेको र त्यसलाई पार्टीको पोलिटव्यूरोको बैठकले एकमतबाट अस्वीकृत गरेपछि उनी नैतिकताको आधारमा अध्यक्षबाट राजिनामा दिएर सल्लाकार समितिमा रहेको विज्ञप्तिमा बताइएको छ ।

महासचिव बुढाथोकीले सल्लाहकारको जिम्मेवारीमा रहेका नेता किराँतीले निकालेको भ्रामक विज्ञप्ति माओवादी पार्टीको आधिकारीक विज्ञप्ति नरहेको बताउँदै किराँतीले आफैले आफूलाई अध्यक्ष घोषणा गर्नु असोभनिय र अनैतिक बताएका बताएका छन् । गोपाल किराँती साईलाले पार्टी विधान र पद्धति विपरीत, सनकको भरमा गैरराजनीतिक चरित्र पर्दशन गर्दै स्वैच्छिक रुपमा एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिर, कुनै तहको औपचारिक बैठक नै नगरी, सम्पूर्ण पार्टी संरचना विघटन गर्ने र आफूलाई अध्यक्ष स्वघोषणा गर्ने कुरा पूर्वमन्त्री भइसकेको व्यक्तिलार्ए पटक्कै सुहाउँदैन ।

विज्ञप्तिमा उल्लेख छ । माओवादी आन्दोलन वलिदानपूर्ण इतिहास बोकेर आएको जनाउँदै उक्त विज्ञप्तिमा भनिएको छ,कुनै एक धर्म अंगालेका राजनीतिक पार्टी नेपालमा असफल मात्र नभएर २१औं शताब्दीमा समर्थन प्राप्त गर्न सक्दैन । तसर्थ नेकपा (माओवादी केन्द्र) जातिवादी, साम्प्रदायिकता र उग्रराष्ट्रवाद, आत्मसमर्पणवादको भण्डाफोर गर्दै वर्गीय आन्दोलनलाई केन्द्रबिन्दु बनाई उत्पीडित वर्ग, जाति, क्षेत्र र लैङ्गिक मुक्तिको बाटोमा हाम्रो पार्टी निरन्तर संघर्षमा छ ।

जनताको न्याय र मुक्तिको लागि माओवादी पार्टीले मात्र समाजवाद ल्याउने क्षमता राख्ने भन्दै विज्ञप्तिमा माओवादी आन्दोलन र विचारमा विचलन देखिएको विचलनताका कारण बुद्ध धर्म र विपश्यनाको आध्यात्मवादी गोलचक्करमा फसेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्