श्रीमती करवाचौथको पर्व नबसेमा श्रीमानको मृत्यु



हिन्दु धर्मवलम्बीहरु अनुसार कार्तिक कृष्ण पक्षका दिन थारु मधेशी समुदायका महिलाहरुले महानपर्वका रुपमा थारु, मधेशी समुदायमा गौर पुजा र भारतमा करवाचौथ पुजा भन्ने गरिन्छ । यो पर्व पछि बिवाहको लागि लगन खुल्छ । बिवाहको साईत अर्थात बाटो खुल्छ भन्ने मान्यता रहेको छ ।
फेसबुक मार्फत चाडपर्वका फोटोहरुको लहरले मज्जाले अनुभव गर्न पाईन्छ । हिन्दुहरुको चाडपर्वहरु धर्म, संस्कृति, जाति अनुसार फरक फरक भएता पनि अहिलेको अवस्थामा मिश्रित समुदाय मै बन्दै गएकोले एक अर्काको पर्वमा बुझिनबुझि सहभागिता जनाउने देखिन्छ । यसै सन्दर्भमा थारु समुदायका महिलाहरुले अपाउदै गएको देख्न पाइन्छ ।

भरखरै कात्र्तिक १९ गते बुधबारका दिन कात्र्तिक कृष्ण पक्षका दिन करवाचौथ पुजा गरिएको छ । यस पर्वपछि मधेशी समुदायमा बिवाह र गौना गर्ने कार्य शुरु हुने मान्यता रहेको छ ।
यो गौर पुजाहिंन्दु शास्त्र अनुसार एउटा कथामा आधारित रहेको मान्यता रहेको राख्दछन् । एकजना साहुकरको सातभाई थिए र एक जना बहिनी थियो । सात जना बुहारी र छोरीले ब्रत बस्नु भयो । साझा सबैभाई खानाखाने बेलामा बहिनीलाई पनि खानाखाने भने बाहिनीब्रत बसेकाले खादैन भनिन तर बाहिनीको अनुहार भोकले ब्याकुल भएको देखेर भाईहरुले पहाडको छेउमा राको बालेर चन्द्रमा निष्कियो पुजा गरेर खाउन भने । बहिनीले ७ जाना भाउजुलाई पुजा गर्न भन्दा भाउजुहरु अहिल्यै निस्किदैन त्यो चन्द्रमा होइन भन्दा पनि बहिनीले दाजुहरुको बिश्वास गरेर पुजा गरी खाना खाईन उत्तिकै बेला श्रीमानको मृत्यु भयो । उनले श्रीमानको शरीरलाई लिएर छुट्टै बसिन र अर्को बर्ष बिधिवत रुपमा बर्त गरेपछि उनको श्रीमान जीवीत हुन्छन् र माताको आर्शिवादले धनवान पनि हुन्छन् । यसरी श्रीमानको लामो आयुको लागि ब्रत बस्ने गरेको कथा रहेको छ । जूनकी अबैज्ञानिक देखिन्छ । यो नै हो हानिकारक परम्परागत सोच यस्ता मान्यतालाई परिवर्तन गर्नु पर्ने अवश्यक छ ।

मलाई याद छ म पनि यो ब्रत १३ बर्षको हुदा नै बसेकी थिए । अबिवाहित कन्याले ब्रत बसेमा सुन्दर, राम्रो वर प्राप्ति हुन्छ रे । ब्रत कार्तिक कृष्ण चतुर्थिका दिन बस्ने गरिन्छ । ब्रत बस्ने दिनको अघिल्लो रात सर्गहि (राती चारा नबोल्दै खाने समय) खाने चलन छ राति सबैजना एकै ठाउँमा जम्मा भएर सर्गही खाने र ब्रतको दिन अर्ग (पुजा नगरे सम्म) नदिए सम्म पानी पनि नखाने गरिन्छ ।

मैले प्राय देख्थे मेरो घरमा त्यो दिनकुल देवतालाई ढिकरी (फरा) चढाउने, कुबिन्डोको बलि चढाउने र बतसाको पर्सादि बनाउने महिलाहरु सबै बिहानै देखि घरको सरसफाई गर्ने चामलको पिठो ढिकिमा कुट्ने, अझै ढिकरी संग सानो माछा मिठो हुन्छ भन्दै सानो माछा खोजेर ल्याइ पकाउने र रातिमा महिलाहरु श्रृंगार गरेर चन्द्रमालाई हेरेर अर्ग दिने, पुजा गर्ने अनिमात्र खानाखाने गरिन्छ । त्यो दिन महिलाहरुको एक छिन पनि फुर्सद हुदैन ।
आज सोच्दै छु जो महिलाहरु ब्रत बसेका हुन्छन् उनीहरुलाई पनि अर्ग दिदादिने मन्त्रबारे अनभिज्ञ छन् । किनकि अर्गदिदा जसलाई यो मन्त्र थाहाँ हुन्छ उसैले यो मन्त्र मनमनमै पढेर पुजा गराउने गर्छन ।

मलाई यो जान्न मन लागेर हजुरामालाई जिद्दी गरेर सोधेपछि मात्र बताउनु भएको थियो । “अरग देत नाराण उगे उगे चाँद परिक्षेवाती कात्र्तिक मांहअध्य राति बाबा जिए, भईया जिए, सास ससुरके राज बढे चन्दा मैया अरग ला ।” यो मन्त्रले पनि पितृसत्तात्मक सोचले चरिएको छ । यसमा पनि माईतिको बुवाको दाजुभार्ईको लामो आयुको कुरा गरेको छ । भने ससुरालमा सासु र ससुराको नियन्त्रणमा बस्ने आर्शिवाद मागेको देखिन्छ । महिलाको कुनै पनि स्थान दिएको देखिदैन । अधिकांश हिन्दु धर्मका पर्वहरु लैंगिक बिभेदकारी नै छ । समाज परिवर्तन हुदैछ चार्डपर्वका तौर तरीका बदलिएको छ तर पितृसत्तात्मक सोच बदलिएको छैन । जानि नजानि मलजल पाईरहेको छ । धेरै महिलाहरु यो ब्रतबाध्यताले पनि बस्ने गरेका छन् । यदि यो ब्रत बसिएन भने खराब बुहारीको ट्याग लागि हाल्छ । कस्ती बुहारी श्रीमानको लागि त्यति पनि गर्न नसक्ने भनाई खानु भन्दा संस्कारी बुहारीको खोल ओढेर भए पनि गर्न बाध्य हुन्छन् ।

भारत कि महिला अभियन्ता कमला भाषिन अन्तवार्तामा करवाचौथको कुरा गर्नु भएको छ । कि यदि करवाचौथले श्रीमानको आयु लामो हुने हो भने अमेरीकाको सबै श्रीमानहरु अहिले सम्म त मर्नुपर्ने हो । किन कि अमेरिकामा महिलाहरु करवाचौथ वर्त बस्दैन्न । सोच्ने हो भने यो कुरा सहि पनि हो । जहाँ महिला स्वतन्त्रता छ त्यहा अवसर पनि र र अधिकार पनि छ । त्यो समुदाय, राष्ट्र अगाडि पनि छ र जन्छ पनि त्यसैले जब सम्म हाम्रो समुदायमा यस्ता बिषयहरुमा चिन्तन मानथन, बहस गरिदैन । तब सम्म नकारात्मक पितृसत्तात्मक सोचले मलजलपाई नै रहन्छ । जसले लैंगिक बिभेद, असमानता, रुढीवादी परम्परागत संस्कार रहि रहन्छ । आखिर कहिले सम्म यस्ता सामाजिक हानिकारक अभ्यासहरुलाई मलजल दिई जोगाउने, कार्य हुन्छ ।

हानिकारक ब्यवहार बारे छलफल गरौ, प्रश्न गरौ विचार गर्नु पर्ने कुरा वास्तविक चन्द्रमा नदेखेमा श्रीमतिले खानाखाए पछि श्रीमानको के मृत्यु हुन्छ । यही देशमा महिलाहरुले उक्त वर्त नबस्दा बखिरमा श्रीमानहरु त जीवितै छन । यदि मृत्यु भए पनि एक बर्ष सम्म शव राख्न सकिन्छ राखे पनि मारेको ब्यक्ति जीवीत हुन्छ । भने एकल (विधवा) महिला किन हुन्छन । करवाचौथमा उचारण गर्ने मन्त्र त दाईभाई बुवाको लागी हो ।

तब श्रीमानको मुख किन हेर्नु पर्ने र उक्त ब्रर्त बसेमा श्रीमानको लामो उमेर कसरी हुन्छ । सो व्रर्त बसेर श्रीमानको उमेर लामो हुन्थयो भने यो कोरोना भाइरसको औषधी नखोजी उक्त व्रर्तका लागी सरकार द्धारा आवह्रन हुनु पथ्यो सो पनि भएन । यस्ता आन्धविश्वास महिलाहरुलाई कमजोर बनाउने र लैगिंक हिंसाको बढवा दिने हानिकारक मान्यताको बारेमा छलफल र जवाफ खोजनु पर्ने जरुरी छ । यस्ता हानिकारक तत्व बारे सचेत हौ हामी आफै बाटै शुरुवात गर्नु पर्ने देखिन्छ ।

सामाजिक अभियन्ता धनकुमारी चौधरी , रुपन्देही

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्