व्यवस्थीत बन्दै बसपार्क, बस व्यवस्थापन देखी, स्थल सफाई सम्म



गिरिराज नेपाली
दाङ, १६ पुस । अव्यवस्थित रुपमा पार्किङ गरिएका बसहरु, वर्खामा हिलो, हिउदमा धुँलोले केही वर्ष अघिसम्म दाङ घोराहीको बसपाकर्मा घप्पक छोपेको हुन्थ्यो । जताततै पानी परे हिलो र घाम लागे बुङबुङती धुलोले कतिपय बेला हिड्डुल गर्न मुस्किल पथ्र्याे । तर बसपार्क व्यवस्थित बन्न सकेको थिएन । त्यही हिलो र धुँलो मुक्त गर्न नेपाल सरकारले बहुवर्षिय योजना शुरु गरी घोराहीमा बसपार्कलाई ढलान ग¥यो । तर बसपार्क हिलो मुक्त तँ भयो । तर धँुलो मुक्त हुन सकेन ।

जसका कारण यात्रु र स्थानीय सर्वसाधरणहरु लाई हिड्न उस्तै नै मुस्किल परिरहेको थियो । तर त्यही धुँलोलाई पनि मुक्त गर्नका लागि सेवारखोला नयाँ बसपार्क टोल विकास संस्थाले शनिवार बसपार्क स्थललाई सफाई गरेका छन ।

स्थानीय व्यापारी मान वहादुर रोकाले बसपार्क ढलान गरी चिल्लो पारे पनि धुँलोको उस्तै समस्या रहेकाले गाडीले उडाउने धुँलो मान्छेका मुख र घरकोठाको भान्सा सम्ममा पुग्ने समस्या उस्तै रहेका बताउनुभयो । उहाँले भन्नुभयो–‘ निर्माण कम्पनीले ढलान गरी चटक्क छोडेर गयो । ’ तर धँुलो समस्या हामीलाई उस्तै रह्यो । धँुलो छदैछ , चालकहरुले जथाभावी बस पार्किङ गर्दा पनि आगन्तुक यात्रु देखी हामी स्थानीयलाई समेत हिड्डुल गर्न मुस्किल परेको छ । जथाभावी रुपमा गरिने पार्किङ र उड्ने धुलो ग्रसित स्थानिय र यात्रु अब यो समस्यावाट पार पाउने बताउनुभयो । टोली विकास संस्थाको अगुवाईमा हामीले पनि बसपार्क व्यवस्थापन र सुन्दरका लागि योगदान गर्दै आईरहेका छौ ।

सेवारखोला नयाँ वसपार्क टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पाण्डेले बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बसपार्कको सफाई देखी पार्किङ व्यवस्थापनलाई चुस्तता दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बसपार्क निर्माण कम्पनीले पार्क निर्माण पछि सफाई नगरी छोडेकाले धँुलो उड्ने गरेकाले हामीले सफाई गरेका हौ ।’ जसका कराण बसपार्कको सुन्दरता र धँुलोको समस्या टरेर जाने उहाँले बताउनुभयो । तर निर्माण कम्पनीले निर्माण सम्पन्न पछि निर्माण स्थल सफाई गर्ने सहमती स्थानिय संग गरे पनि त्यो नगरेको उहाँले बताउनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका –१४ का वडाअध्यक्ष तथा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले निर्माण कम्पनीले पार्क निर्माण सम्पन्न पछि निर्माण स्थल लाई अव्यवस्थित रुपमा छोडेर हिडेकाले धुँलोधँुवाको समस्या संगै बसपार्कको सुन्दरता गुम्दै गईरहेकाले टोल विकास संस्थाको नेतृत्व घोराहीमा उपमहानगरपालिकाको संयोजनामा स्थानीयहरुले बसपार्कको सफाइ गरिएको बताउनुभयो । साथै बस पार्किङ समेत व्यवस्थित बनाउदै लगिरहेको उहाँले बताउनुभयो । केही समय अघि पार्किङ व्यवस्थापन समस्याका कारण अस्तव्यस्त बनेकाले पनि बसपार्कको सुन्दरत गुमेको थियो ।

तर पछिल्लो समय त्यो सुधार बन्दै गईरहेकाले घोराहीको बसपार्कलाई नमुनायोग्य बसपार्कका रुपमा विकास गर्ने लक्ष्य रहेका डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ दाङ राजधानीको चर्चा पाईरहेकाले बसपार्कको व्यवस्थापन गर्न पनि अति आवश्यक छ । ’ राजधानी तोकिए पछि प्रदेशभरीका यात्रुहरु घोराहीमा भित्रने र सवारीहरुको चाप वढ्ने हुनाले बसपार्कको उचित व्यवस्थापन र सफाईको थालनी गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै भवन डिभिजन कार्यालय घोराहीका दाङका प्रमुख राजेन्द्र पाण्डेले बसपार्क निर्माणको काम पूर्ण सम्पन्न अझै नभएको बताउनुभयो । जसका कारण निर्माण कम्पनीले सफाई नगरेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘ सम्झौता अझै म्याद भित्र

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्