कार्तिक २५ गते
नेपाल कम्युनिष्ट पार्टी भेरी नगरपालिका को विशेष आयोजनामा भेरी नगरपालिका वडा नम्बर १ डौरी काँडामा आयोजित महान जनयुद्धका इमानदार प्राविधिक योद्धा क.लाल बहादुर बि.क. (तेजाबलाई ) १० बर्षिय महान जनयुद्धमा उहाँले गरेको योगदान को कदर गर्दै सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।
कार्यक्रमको सन्चालक क.बिक्रमले गर्नु भएको थियो सभाअध्यक्ष क.विशाल चनाराले गर्नु थियो कार्यक्रमको प्रमुख अथिती भेरी नगरपालिकाका इन्चार्ज क.प्रेम बहादुर शाही गर्नु भएको थियो बिशेष अथिती,अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष क.बिराजन शाही हुनुहुन्थ्यो भने अथिती,प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य संयोजन समिती सदस्य क.जनक बहादुर थापा हुनुहुन्थ्यो कार्यक्रम बोल्दै सम्पुर्ण अथिती कमरेडहरुले एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत नेपालमा बैज्ञानिक समाजवाद स्थापना गरि आम नेपाली जनताको अधिकार सुनिश्चित गर्ने उद्घोष गर्नु भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।