ओमप्रकाश गुप्ता , भालुवाङ २५ कार्तिक । दाङको देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किदा ३ जनाको घटनामै मृत्यु भएको छ ।
लमही भालुवाङ सडक खण्ड अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा मंगलबार राती ७:२५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ३ जनाको घटनस्थलमै मृत्यु भएको छ ।
मृतकको अहिले सम्म पहिचान हुन सकेको छैन । मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो र मृतकको पहिचानबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भने स्थानीयहरूले बन्द गरेको सडक अहिले सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।