चिसोका कारण सीमा सुरक्षामा खटिएका प्रहरी सदरमुकाम फिर्ता



सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ । वडा–६ लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो ।

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी जिल्लामा फिर्ता भएको प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । त्यहाँ हाल तापक्रम माइनस दुई डिग्री भन्दा कम हुँदै गएको छ ।

हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै झगडा समेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन् । वर्षेनी सीमा सुरक्षाका लागि जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन् ।

करिब २३ प्रहरीको दरबन्दी भएपनि उक्त चौकीमा हाल सात जना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्