सिरहाको सखुवानन्कारकट्टीमा खेलकुद प्रतियोगिता सुरु



महेश सिंह सिरहा लहान २६, कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहा मा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा–३ पोर्ताहाको संयुक्त आयोजना र आर्थिक सहयोग काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको खेल गराउन विशेष पहल रहेको थियो। नेता यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यम बाट सुधारन लागेको छु । काङ्ग्रेस नेता यादवले बताए ।

नेपाली काङ्गेसका जिल्ला सभापती एवम पुर्व सांमसद रामचन्द्र यादवले रिवन काटेर खेलको उदघाटन गरेको थियो । कार्यक्रममा बोल्दै सभापती यादवले म पनि कुनै समयमा खेलाडी थिए भन्दै सभापती यादवले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा हो बताए । खेल खेलेरै म राजनीतिकमा आएको छु बताउनु भयो । अतिथिहरुमा नेपाल विद्यार्थी संघका सह महा मंन्त्री प्रमेश्वर साह , स्थानीय सयौं नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।

हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिनुभयो । प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो ।

हिजोको सुरु दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस गोपाल कृष्ण यादव ले बताए।फाईनल मंसिर २ गते हुने बताए। प्रथम पुरस्कारमा नगद रु २१ हजार नगद र द्धितिय पुरस्कार १२ हजार नगद, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरिने आयोजकले जानकारी दिनु भयो।सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने उनले बताए । साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान – प्रदान समेत गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्