सैघाली खबर
काठमाडौं,१७ पुस
आम निर्वाचन पछिको जनादेस अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रियसभाको गठन प्रकृयाले अवरोध नगर्ने संविधानका जानकारहरुले बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको मतको आधारमा नयाँ सरकार गठन गर्न कुनै अवरोध नरहेको उनिहरुले बताएका हुन् ।
पुर्वराष्ट्रपतिका कानुनी सल्लाहकार तथा कानुनका जानकार सुर्य ढुंगेलले नयाँ सरकार गठन प्रकृयामा अवरोध गर्न नहुनेमा जोड दिनुभयो । संघिय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको नाममा सरकार गठन प्रकृयामा अवरोध गर्नु संविधान विपरित हुने उहाँको भनाई छ ।
संविधानको धारा ८४ को उपधारा ८ बमोजिम संघिय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भइसकेको उहाँले बताउनुभयो । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भने राष्ट्रियसभा गठन अगावै नयाँ सरकार गठन प्रकृया अगाडी बढ्न नसक्ने जनाएको छ ।
नयाँ सरकारको नेतृत्व गर्न तयार रहेको नेकपा एमालेले जनादेस अनुसार सरकार गठनका लागि कांग्रेसले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन आयोग भने राष्ट्रियसभाको निर्वाचनपछि मात्रै दलहरुलाई प्रतिनिधिमा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट सख्या बुझाउने तयारी गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।