जाडोमा अदुवा चियाका फाइदै फाइदा



एजेन्सी। दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ। अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

अदुवाको चिया पिउँदा पाचन क्रियामा सुधार आउनेछ। धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ। अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ। पेटमा भएको जलनसमेत हट्छ ।

यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ।अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ। महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउँदा त्यसले फाइदा पुग्छ।अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्