कलंकीमा कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्किदा तीन जनाकाे मृत्यु



कात्तिक २७,काठमाडौं।काठमाडौंको कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बाेहाेराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए ।
कुखुरा बाेक्ने गाडीमा सवार ४ जना नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जना व्यक्तिको मृत्यु भएको डिएसपी बाेहाेराकाे भनाइ छ ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको डीएसपी बोहराले रातोपाटीलाई जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्