अन्तर्राष्ट्रिय

१२ औं अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता इटहरीमा आजबाट सुरु हुँदै

By थाहा अनलाइन

January 01, 2018

सैघाली खबर काठमाडौं,१७ पुस

पुर्वी नेपालको इटहरीमा आजबाट १२ औं अन्र्तराष्ट्रिय मैत्रिपुर्ण तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापकिय सहयोगमा प्रतियोगिता हुन लागेको हो । विभिन्न १५ देशका करिव सात सय खेलाडीहरु सहभागी हुने प्रतियोगिता इटहरी रंगशालाको कर्भड हलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, इल्याण्ड, अष्ट्रेलिया, कतार, कम्बोडिया, क्यानाडा, अष्ट्रिया, घाना लगायतका देशबाट खेलाडीहरुले सहभागिता जनाउनेछन् ।