आफ्नै श्रीमतीलाई दाम्लोले बाँधी ,चक्कुले कपडा काटी तेल उमालेर टाउकोबाट खन्याए

महिला हिंसाको डरलाग्दो रुप


धादिङ , निलकण्ठ नगरपालिका वडा न .११ साबिकको ज्यामरुङ ,लम्साल गाउँमा गत कार्तिक १८ गते आस्बिन परियाले आफ्नै जिबनसङ्गिनी पुजा परियारलाई तेल तताएर तातो तेल टाउकोबाट खनाइदिएकी थिए । पाँच बर्ष अगाडि प्रेम बिवाहा गरेका पुजालाई एक बर्षको छोरा समेत रहेको छ । बिवाहा भएको केही महिना देखि नै पुजालाइ सङ्का गर्ने , कुटपिट गर्ने , अत्याधिक मदिरा सेवन गर्ने गरेको बताउछिन् पुजाकी आमा ,

घरमा आफ्नो आमालाई सानो छोरा लिन लगाएर आज पुजालाई तेल तताएर मार्छु भनी भैंसी बाध्ने दाम्लोले पुजालाई घाँटीमा बाधेर झुन्डाइ , लगाएको कपडा चक्कुले काटेर नग्ग बनाइ उमालेको तेल टाउको शरीर भरी खनाएको पुजाले बताइन् , आफुलाइ हत्या गर्न नै यस्तो गरेको हो ,मैले छट्पटीएर दाम्लो फुकाइदिनु , चुकुल खोल्दिनु भन्दा पनि बोलिस भने मार्दिन्छु भनी मलाई यातना दियो , पानी , पानी भन्दा पनि पानी समेत दिएन ,मैले मेरो सानो दुधे बालक छोरालाई सम्झिए छोरालाई हेर्छु भन्दा पनि दिएन । अन्तिममा म तातो तेलले यति पोल्यो कि म केही थाहै पाइन , रुदै चिच्याउदै म बाटोबाटो हिडेछु र गाउले मलाई धादिङ अस्पताल ल्याएछन , त्यहाबाट उपचार सम्भब नभए पछि काठमाडौ किर्तिपुर अस्पताल रिफर गरेछ ।

अस्पतलको बेडबाट अलिअली बोल्न मात्र सकेकि पुजाले आफ्नो पीडा पोखिन् । दुबै हात जलेको अनुसार , छाती , शरीर पुरै जलेको हेर्न नसकिने अबस्थामा गत सात दिन देखि उपचाररत छिन् । शरीरको एकातिरको मासु काटी पोलिएका अंगहरु टाल्दै एउटा अप्रेसन भैसकेको छ फेरि कतिवटा अप्रेसन गर्नु पर्ने हो र कति पैसा खर्च हुने हो थाहै छैन । पुजाको आमाले दुखेसो पोखिन , आफुसंग पैसा छैन सहयोग गर्दिनु मेरो छोरी बचाइदिन भनी अनुरोघ गरेकी छिन ।

बाकी भिडियोबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्