तुलसीपुर उपमहानगरपालिकाले २८ प्रतिशत बजेट खर्च ग¥र्याे



दिपक बोहरा

दाङ १७ पुस । तुलसीपुर उपमहानगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा करिव २८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष ०७४÷०७५ को पाँच महिनामा करिव २७.६९ प्रतिशत बजेट खर्च भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार अनुसार पाँच महिनासम्ममा ४० प्रतिशत खर्च भइसक्नु पर्ने भएपनि सो रकम खर्च हुन नसकेको हो । हरेक काम गर्नका लागि कार्यविधि बनाउनुपर्ने भएकाले पनि यस्तो भएको हो केसीले जानकारी दिनुभयो ।

स्थानीय निकायमा भन्दा तुलसीपुर उपमहानगरपालिकाले खर्चको प्रतिशत बढाएको समेत बताउनुभयो ।
निर्वाचनको आचारसंहिता लागेका कारणले पनि विकासका काम ठप्प भएको छ तुलसीपुर उप–महानगरपालिकाले बजेटमा विविधिकरण गरेको र कार्यविधि निर्माणको चरणमा रहेकाले पनि बजेट ढिला खर्च भएको जस्तो लागेको उहाले वताउनुभयो ।

हामीले काम धमाधम गरिरहेका छांै, वडाको बजेट वडाबाटै परिचालन भइरहेको छ, समयभित्रै बजेट सकिन्छ नगर प्रमुख घनश्याम पाण्डेले वताउनुभयो ।
यसैगरी पाण्डेका अनुसार अनुसार बजेट पारित हुने समयका कारणले पनि बजेट खर्च कम भएको हो । यस वर्षका लागि बजेट गत वर्षको पुसमा पारित हुनुपथ्र्यो तर भदौमा मात्रै बजेट पारित भएपछि खर्चमा प्रभाव परेको हो ।’ सिंहदरबारको अधिकार स्थानीय तहमा व्यवहारिक रुपमा आउन नसक्दा पनि यस्तो समस्या भएको उहाँको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन नबन्दा पनि बजेट खर्चमा अन्यौलता देखिएको समेत बदाउनुभयो ।

अनुसार चालुतर्फ ११ करोड ९३ लाखमध्ये पाँच महिनामा दुई करोड ९५ लाखमात्रै खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक अर्ब पाँच करोडमध्ये ७६ करोड ५९ लाख ७८ हजार खर्च भएको छ । चालु आर्थिक वर्षमा देशभरमा नै पहिलो चौमासिकमा न्यून बजेट खर्च भएको छ । चालु आर्र्थिक वर्षको पहिलो चौमासिकसम्म १५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्