चिसोमा नाक किन रसाउँछ ?



सैघाली खबर,
चिसो लागेका बेला ५० देखि ९० प्रतिशत मानिसको नाक रसाउन थाल्छ । दम, एक्जिमा वा रुघखोकी लागेका मानिसको नाकबाट झनै बढी सिँगान बग्छ । हाम्रो शरीरमा नाकको मुख्य कार्य भनेको सास लिँदा नाकले हावालाई शरीरलाई चाहिने मात्रामा तातो र ओसिलो पार्नु हो । जसले गर्दा फोक्सोमा हावा पुग्दा त्यहाँका कोषमाथि दबाब पर्दैन ।

जब चिसो अवस्थामा नाकबाट सास लिइन्छ नाकभित्र प्रायः हावाको तापक्रम एकाएक २६ डिग्री सेल्सियस पुग्छ तर त्यो ३० डिग्री सेल्सियससम्म पुग्न सक्छ । साथै नाकभित्र हावाको आद्र्रता लगभग १०० प्रतिशत पुग्छ । हाम्रो नाकबाट जति चिसो हावा भित्र गए पनि नाकले शरीरलाई चाहिने मात्रामा तापक्रम र आद्र्रता व्यवस्थापन गर्दछ ।

यसबाट हामी के बुभ्mन सक्छौँ भने नाकले फोक्सोमा दबाब नबढ्ने गरी हावाको तापक्रम र आद्र्रता मिलाउने गर्छ, चाहे जतिसुकै चिसो वातावरणमा सास किन लिनु नपरोस् ।

चिसो र सुक्खा हावाले नाक भित्रका स्नायुलाई उत्प्रेरित गर्छ । जहाँबाट मस्तिष्कमा सन्देश पुग्छ । मस्तिष्कले ती सङ्केतमा तत्काल प्रतिक्रिया जनाएर नाकमा रगतको प्रवाह बढाउन सङ्केत पठाउँछ । जसले गर्दा नाकमा रगतको प्रवाह बढेर ताता रक्तनली हुँदै तातेर हावा भित्र जान्छ ।

साथै नाकले हावा सुक्खा भएको अवस्थामा आद्र्रताका लागि सिँगान उत्पादन बढाउँछ ।
चिसो र सुक्खा हावाले नाकमा हुने हाम्रो शरीरको प्रतिरक्षा प्रणालीका कोष ९जसलाई मास्ट सेल्स भनिन्छ० पनि उत्तेजित हुन्छन् । ती कोषले नाकमा बढीभन्दा बढी द्रव उत्पादन बढाउने काम गर्छन् ।

जसले हावा आवश्यक मात्रामा ओसिलो हुन्छ । नाकले चिसो वातावरणमा हावा ओसिलो पार्न निरन्तर काम गरेमा एक दिनमा ३०० देखि ४०० मिलिलिटर द्रव नाकबाट बाहिर निस्कने अनुमान छ । ताप र पानीको क्षयबीच नजिकको सम्बन्ध छ ।

नाकभित्र हावा तात्नुको अर्थ नाक भित्रका छिद्रमा शरीरको आन्तरिक तापक्रमभन्दा अलि चिसो अवस्था सिर्जना हुन्छ । त्यसैबेला पानीले वाष्पको रूप लिन्छ र हावा ओसिलो बन्छ ।

यो प्रक्रिया बादल लाग्नु र पानी पर्नु जस्तै हुन्छ । यो प्रतिक्रिया भइरहँदा नाकभित्र रगतको प्रवाह थप वृद्धि हुनपुग्छ । यसरी चिसो वातावरणमा नाकले हावा तताउने र ओसिलो पार्ने क्रममा शरीरको ऊर्जा ठूलो मात्रामा खपत गरिरहेको हुन्छ । धेरै चिसोमा नाक पोल्ने वा दुख्नुमा पनि यही प्रक्रिया जिम्मेवार हुनेगर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्