बैतडी दुर्घटनामा घाईते ८ जना लाई थप उपचारको धनगढी रिफर



कार्तिक २८ गते
विहीबार राति भएको बस दुर्घटनामा घाईते ८ जना लाई थप उपचारको धनगढी रिफर गरिएको छ । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागी धनगढी रिफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि ९ जनाको मृत्यु भएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । ८ जनाको घटना स्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालक सहित अन्य ३४ जना घाईते भएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुई जनाको मात्रै सनाखत भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ बर्षीय किर्तीका कार्की र बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्दको सनाखत भएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्