मुख्य समाचार

कांग्रेसमा विवाद, मन्त्रालय टुंगिएपछि मात्रै पौडेल पक्षले नाम दिने

By थाहा अनलाइन

June 08, 2017

२५ जेठ, 

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले नाम नपठाउने र शपथमा भाग नलिने चेतावनी दिएको थियो ।

मन्त्रालय नतोकी नाम मागेको भन्दै पौडेल पक्षले सोमबार र मंगलबार भेला गरेर नाम नपठाउने निर्णय गरेको थियो । देउवाले गलत सन्देश जाने भन्दै नपठाए पनि शपथमा आउन आग्रह गरेका थिए । देउवाको आग्रहपछि नेता पौडेल र महामन्त्री डा। शशांक कोइराला शपथ समारोहमा पुगेको स्रोतले बतायो ।

‘छलफल भएन भनेर साथीहरुमा असन्तुष्टि देखिएको हो । अब सभापतिले मिलाउँछु भन्नुभएको छ,’ कोइरालाले भने, ‘मन्त्रालय तोकेर बोलाएपछि हामी बिहीबार नै तीन मन्त्री पठाउँछौं ।’

 साभार अनलाईन खबर ……………………