बाँसको झाङमा लगि बलात्कार गर्ने पक्राउ, बगैचामा लगि बलात्कार गर्ने फरार



सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताए ।

यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ ।

एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैचामा बलात्कार गरेको पीडितले आरोप लगाएकि छिन् । आरोपित हालसम्म पक्राउ परेका छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्