थाहा अनलाइन काठमाडौ ,परासी जिल्लाको बर्दघाट नगरपालिका १६ का जुठे भनिने भक्त परियारलाई आफ्नै साथी टेक बहादुर बुढाथोकीले जीउँदै जलाएका छन् । गत २० गते बेलुका बुढाथोकी भक्त परियारको घरमा गएर भक्तलाई आफ्नो घरमा लिएर गएका थिए । दुबै जना सगै खाएर राती भक्त उसैको घरमा बसेका थिए । २१ गते बिहान १० बज्दा सम्म पनि छोरा घरमा नआएपछी भक्तका बुवाले भक्तको साथी सोम कुमाललाई टेक बहादुरको घरमा पठाएका थिए । सोमले भक्तलाइ बीभत्स सबै शरीर जलेर छट्पटीएको अबस्थामा देखे पछि छिमेकी र परिवारमा खबर गरेका थिए । यता टेक बहादुरलाई भने भाग्दै गर्दा गाउँले समाती प्रहरीलाई बुझाएका थिए । भक्त परियारको स्थानीय अस्पतालमा उपचार सम्भब नभए पछि प्रादेशिक अस्पताल बुटवल लगिएको र बुटवल पनि उपचार सम्भब नभए पछि पाल्पा मिशन अस्पतालमा उपचारको क्रममा २२ गते राती करिब १.३० बजे भक्त परियारको मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।