दाङको राप्ती, गढवा र लमही बजारको अनुगमन, म्याद गुज्रेको समान बरामद



ओमप्रकाश गुप्ता, भालुवाङ २८ कार्तिक । तिहार र छठ पर्वलाई लक्षित गरी दाङको राप्ती, गढवा र लमही बजारको अनुगमन गरिएको छ । तीन वटै पालिकाले आ आफ्नो क्षेत्र भित्रका बजारहरुको अनुगमन गरेका हुन् । यसै क्रममा राप्ती गाउँपालिकाले शुक्रवार दुई छुट्टाछुटै अनुगमन समिति मार्फत भालुवाङ, पिपरी र बिजौरी बजारका ५४ वटा पसलको अनुगमन गरेको हो ।

चाडपर्वका समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव र कोरोना महामारीका बेला अपनाइने स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको बिषयमा अनुगमन गरेको हो । ती बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, होटल, कस्मेटिक तथा व्युटीपार्लर, मिठाई तथा डेरी पसल, मासु पसल, ठेला व्यापार गरि ५४ वटा पसलहरुको अनुगमन गरिएको छ ।

जसमा राप्ती गाउँपालिका वडा नम्बर १ को भालुवाङ बजार, वडा नम्बर ८ को पिपरी र बिजौरी बजार क्षेत्रमा रहेका पसल तथा व्यवसायीहरुको अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक नारायण राउत र बासुदेव खनालले जानकारी दिएका छन् । अनुगमनका क्रममा भालुवाङ बजारको रिजाल खाद्य तथा किराना पसलबाट म्याद गुज्रेको १८ पिस विस्कुट, ४ पिस भुजा मरामद गरिएको अनुगमन समितिका भालुवाङ संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

यस्तै पिपरी बजारको सुनिता कुमारी चौधरीको कष्मेटिक पसलबाट म्याद गुज्रेको फेसवास, फेसग्रिन लगायतका समान, बर्षा किराना एण्ड फलफूल, कष्मेटिक पसलबाट म्याद गुज्रेको चाउचाउ, मसला, सावुन लगायतका समान, विनु एण्ड विक्रम टेर्लस कष्मेटिक पसलबाट म्याद गुज्रेको कष्मेटिकका समान र बिजौरी स्थित ज्ञवाली किराना पसलबाट म्याद गुज्रेको ३ बोरोप्लस बरामद गरेको अनुगमन समितिका संयोजक बासुदेव खनालले जानकारी दिएका छन् ।

त्यसै गरी अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मूल्य सुची नराखेको, केही व्यापारीहरुले सामाजिक दुरी कायम नगरेको तथा पसल सञ्चालकले मास्क प्रयोग नगरेको, सावुनपानीले हात धुने व्यवस्था नमिलाएको, दुवै बजार क्षेत्रका अधिकाशं व्यापारी तथा व्यवसायीले गाउँपालिकामा फर्म दर्ता तथा नविकरण नगरेको, केही होटलहरुमा सरसफाईको कमी रहेको पाइएको छ ।

भालुवाङ बजार अनुगमनका संयोजक नारायण राउत र पिपरी बजार अनुगमनका संयोजक बासुदेव खनालको अगुवाईमा भएको बजार अनुगमनमा जनप्रतिनीधि, उद्योग वाणिज्य संघका प्रतिनीधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र गाउँपालिकाका कर्मचारीहरु सहभागिता रहेको थियो । अनुगमनको सुपरिवेक्षकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल रहेका थिए ।

लमही बजार अनुगमन
दाङ देउखुरीको लमही नगरपालिका र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त पहलमा लमही बजारको अनुगमन गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी बजारको अनुगमन गरिएको हो ।

अनुगमनमा चार हजार ६ सय ६७ मूल्य बराबरको म्याद गुज्रीएका सामाग्री जफत गरिएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिएका छन् । जसमा कृपा मेडिकल, सन्चो मेडिकल, देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा, सृष्टि आयुर्वेद मेडिकल र एग्रोभेट तर्फ देउराली एग्रोभेट सेन्टर, लालिगुरास एग्रोभेट सेन्टर, बिनोद एग्रोभेट सेन्टर, एस.एस बीउ विजन सेन्टरको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।

अनुगमनका क्रममा लमहीको कृपा मेडिकल र बिनोद एग्रोभेट सेन्टरमा व्यवस्थापन देखि लिएर अन्य सबै पक्षमा राम्रो पाएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार लमहीको सन्चो मेडिकल र सृष्टि आयुर्वेद मेडिकलले अनुगमनको क्रममा आवश्यक कागजात कुनैपनि देखाउन नसेकेको बताए ।

यस्तै देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजी सेवा सेन्टरबाट म्याद गुज्रीएको १२ सय ९७ रुपैँया बराबरको इञ्जाइम औषधी जफत र देउराली एग्रोभेट सेन्टरबाट ४०.८ किलो डिएपी मल, विक्री गर्न रोग लगाइएको र लालीगुराँस एग्रोभेटबाट २६ सय विस रुपैँया बराबर म्याद गुज्रिएको कृषि तथा भेटनरिका सामाग्री जफत गरिएको हो ।
लमहीका धेरै एग्रोभेटहरु नगरपालिकामा नविकरण नगरेको र म्याद गुज्रिएको बीउ तथा विषादीको उचित व्यवस्थापन नगरेको भेटिएको छ । मेडिकलहरुमा नविकरण नगरेको र अनुगमन गर्न जाँदा तत्काल कागजात पेश गर्न सकेनन् ।

शुक्रवार लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्त बिमहादुर केसीको संयोजक तथा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, कृषि विकास शाखा प्रमुख अमर चौधरी, इलाका प्रशासन लमही नासु बामदेव गिरी, लमही होटल व्यवसायी कोषाध्यक्ष श्यामबहादुर कुवँर, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरिक्षक विष्णु केसी र पत्रकारहरुको संयुक्तमा लमही बजारको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको थियो । अनुगमनको क्रममा जफत गरिएको सामाग्री लमही नगरपालिकाको कम्पाउण्ड भित्र खाडिएको छ ।

गढवा बजार अनुगमन
चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ, भने एउटा पसलबाट लेभल नलगाएर बिक्री गर्न राखिएको तेल को नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

अनुगमनको क्रममा दुलारे किराना पसलबाट बिगएको तराजुबाट उपभोक्ताई ठगी गरिएको पाइएकोले तराजु, ढुंगाको ढक र लेभल नभएको सस बरामद गरिएको छ, भने गुप्ता किराना पसलबाट डेट गएको र किराले खाएको १० किलो केराऊको दाल र ४ किलो मिक्सदाल जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।

यसैगरी कसौधन जनरल स्टोरमा म्याद गुजे्रको पाँच थैली आटा, नमकिन प्याकेट तथा लेभल नै नलगाई बिक्रीगर्न राखिएको तेल जफत गरिएको छ । तेलको मुचुल्का सहित शिलबन्दी गरी नमूना संकलन गरेर नेपालगंज स्थित प्रयोगशालामा परिक्षणका लागि पठाइएको छ, भने प्रतिज्ञा जनरल स्टोरबाट २० पाकेट मसला,राजु किराना पसलबाट डेट गएर बिग्रिएको झण्डै ३ किलो नरिवल र ६ किलो ९ सय ग्राम छ्वारा र राहुल किराना पसलबाट म्याद गुजे्रको ३२ पोका बेसन बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनको क्रममा कौशल जनरल स्टोर, आस्मा किराना पसल,पुनम किराना पसल र राजेश किराना पसलमा भने म्याद नाघेको कुनैपनि सामान नभेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले बताएको छ ।

एकाध बाहेक अधिकांश पसलहरुमा दररेट सुची नभएको,खाद्य र अखाद्य सामाग्री एकैथलोमा राखेर बिक्री गरिएको, कतिपय पसलहरुले सडकको बाहिर सम्म सामान राखेर धुलाम्य पारी बिक्री गरिरहेको र कैयन पसलहरु गाउँपालिका वा घरेलु कार्यालयमा दर्ता नगरेरै चलाएको पाइएकोले उनिहरुलाई तत्काल सुधार गर्न र स्थानीय सरकारमा दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्न सुझाव दिइएको इलाका प्रशासन कार्यालय लमहीले जनाएको छ । अनुगमनको क्रममा जफत गरिएका सामाग्रीहरु टोलीको रोहवरमा इलाका प्रहरी कार्यालयको परिसरमा जलाएर नष्ट गरिएको छ ।

अनुगमन टोलीमा गढवा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शान्ती चौधरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जारा, इलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधि बामदेव गिरी, वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकूरी हमाल, इलाका प्रहरी प्रमुख गढवाका प्रहरी निरीक्षक राजकुमार भट्ट सहितको टोली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्य, स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष उमाकान्त पन्त, गाउँपालिकाका प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, पशुसेवा शाखाका अधिकृत हेमराज आचार्य र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्