दाङको गढवामा भएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगीताको उपाधी पुन्धारा क्रिकेट क्लबलाई



शिबराज पन्थी, गढवा २८ कार्तिक । दिपावलीको अवसरमा दाङ देउखुरीको गढवामा सञ्चालित जिल्ला स्तरिय टि–२० खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी पुन्धारा क्रिकेट क्लबले हात पारेको छ । यसै बिच शुक्रवार देउखुरीको गढवा स्थित जनता माध्यमिक बिद्यालयको खेल मैदानमा भएको जिल्ला स्तरिय टि–२० खुल्ला क्रिकेट प्रतियोगिता ९ दिनपछि एक कार्यक्रमका बिच समापन गरिएको हो । खेलमा पश्चिम दाङको पुरन्धारा क्रिकेट क्लब बिजयी भएको छ । प्रथम हुने जिल्लाकै उत्कृष्ट सो टिमलाई आयोजक लक्की स्टार युवा क्लब गढवाले ५१ हजार राशिको पुरस्कार प्रदान गरेको छ ।

लक्की स्टार युवा क्लबका अध्यक्ष कमलबहादुर खड्काको अध्यक्षता एवम् गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा जनता माबि गढवाका बि.ब्य.स अध्यक्ष युबराज पोखे्रलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण सहित खेलको समापन गरिएको खेल संयोजक सन्देश अधिकारीले जानकारी दिएका छन् ।

सो खेलमा जिल्लाभरका १६ टिमका १ सय ७६ जना खेलाडीहरुको संलग्नता भएको आयोजकले जनाएको छ । पुरन्धारा क्रिकेट क्लब संग भिडेर द्धितिय स्थान हाँसील गर्ने देउखुरी क्रिकेट क्लबले २५ हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरि उत्कृष्ट खेलाडी पुरन्धारा युवा क्लबका अजय साहनी र सोही क्लबकै उत्कृट बलर लबकुश यादवलाई पनि पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष कमलबहादुर खड्काले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी युबराज पोखे्रलले खेल मानव स्वास्थ्यका लागि अति आबश्क चिज भएको बताउँदै स्थानीय सरकारहरुले खेल जगतमा चाँसो राखि लगानी गर्न आव्हान गरे । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा खेलप्रेमी ब्यक्तित्व सद्दाम सिद्दिकीले प्रदेश राजधानी बन्न थालेको देउखुरीमा पुरन्धाराको टिमले बिजय हाँसिल गरेकोमा प्रशंसा ब्यक्त गर्दै भबिश्यमा लुम्बिनी प्रदेशको खेल जगतबाट दाङको टिमले इज्जत राख्ने छ भन्दै शुभकामना दिए ।

कार्यक्रममा पत्रकारहरु शिबराज पन्थी र दुखहरण यादवले पनि बोलेका थिए । ९ दिन सम्म चलेको सो क्रिकेट प्रतियोगितामा खेलको संयोजनमा युवा कलबका सचिव सन्देश अधिकारीले जिम्मेवारी बहन गरेका थिए भने क्याप्टन आशिष थापा र एम्पायरको भूमिका हेमराज बाँठा र बसन्त रायमाझीले निर्वाह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्