जनताको स्वास्थ्यको लागि जो मर्न तयार छ, उसैलाई कोरोना



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । ‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले भने ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए । केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्