आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक २९ गते (शनिबार):
दिउँसो : प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक ३० गते (आइतबार):
दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना छ ।
मंसिर ०१ गते (सोमबार):
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्ययबर्षा/हिमपातको सम्भावना छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।