ट्याक्टरको ठक्करबाट नवलपरासीमा एक बालकको ज्यान गयो



रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको लु १ त ७९४२ नम्बरको ट्याक्टरले सोही दिशा जाँदै गरेको साइकलमा ठक्कर दिएकोमा पछाडि सवार दस बर्षिय बालक अमित लोनियाको सहिद स्मृति सामुदायिक अस्पताल चौपता लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए ।

मृतक बालक अाफ्नो अामा संग मामा घर बसहिया अाएका थिए । अहिले ट्याक्टर र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टम पछि परिवारलाई बुझाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्