काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालले ओली सरकारले नेपाल संवतलाई घोर अपमान गरेको आरोप लगाएको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले एक विज्ञप्ति मार्फत् ओली सरकारले यस्तो आरोप लगाएका हुन् ।
नेपालको राष्ट्रिय संवत ११४१ नयाँ वर्षको उपलक्ष्यमा श्रेष्ठले शुभकामना सन्देश वक्तव्य पनि जारी गरेका छन् । अध्यक्ष श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ,
“१२ वर्ष अगाडि नेपालमा गणतन्त्र स्थापना भइसकेपछि गणतान्त्रिक नेपालको पहिलो सरकारले नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिए तापनि यसलाई नेपाल सरकारले राष्ट्रिय संवतको रुपमा प्रयोग गरिएको छैन । राष्ट्रिय संवतको एउटा क्यालेण्डरसम्म प्रकाशन नगरी सरकारी घोषणा अघोषित रुपमा रद्धिको टोकरी फाल्ने काम भएको छ । विश्वमा उत्कृष्ट उदाहरणको रुपमा रहेको एकजना सर्वसाधारणा नागरिक शंखधर साख्वाःले जनताको ऋण मोचन गरी देशको नाममा स्थापित भएको नेपाल संवत, राष्ट्रिय संवतलाई घोर अपमान गर्ने काम सरकारले गरिरहेकोछ ।” नेपाल संवत ११४१ नयाँ वर्षको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको तर्फबाट देश र जनताको प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दर्छौं ।
“यो ब्रम्हाणवादको एउटा निकृष्ट नमूना हो । जनयुद्ध र जनआन्दोलनको भावना विपरीत नेपालको पहिचान सहितको संघीयतामा लगेर राज्य पुर्नसंरचना नगरी भौगोलिक रुपमा मात्र नाम मात्रको संघीयताको प्रतिगामी संविधान बनाएर जनताका अधिकारलाई अपहरण गर्ने काम संसदीय पार्टीहरु र नेताहरुले गरेका छन् ।
”राष्ट्रिय स्वाधीनताको विषय उठान गर्दै वक्तव्यमा भनिएको छ, “एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, भारतीय विस्तारवादले नेपालको भूमि कालापनी–लिपुलेक-लिम्पियाधुरा कब्जामा राखेको र झण्डै ७१ ठाउँमा सीमा अतिक्रमण गरे तापनि सरकारले कुनै चासो देखाएको छैन । आज ब्रम्हाणवादी दलाल र आत्मसमर्पणवादी सरकारका कारणले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका गंभीर संकटमा परेकोछ । नेवाः जाति र सम्पूर्ण नेपाली जनताका समस्यासहित देशको समस्या हल गर्न संघर्ष बाहेक अर्को विकल्प छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।