दलित आन्दोलन किन पछाडी पर्यो?



रमेश रसाइली

बि:स१९९७सालमा भगत सर्पजित बिस्वकर्माले सुरु गर्नु भएको छुवाछूत बिरुदको दलित आन्दोलन विभिन्न कालखण्डका विभिन्न खाले सत्ताको दमन, जालझेल र षड्यन्त्र को सिकार बन्दै आज २०७७सालसम्म आइपुग्दा ८०बर्सलामो समय यात्रा पारगरिसकेको छ! यो लामो यात्राले के उपलब्धि हासिल गरायो ? समिक्षा गर्न आबश्यक छ ! कुल जनसंख्या को १३:८%अर्थात ६०लाख भन्दा बेसि दलित जनताहरुको आर्थिक ,सामाजिक ,राजनीतिक ,र सास्कृतिक जिबनमा किन फरक आउन सकेन ?यो गणतान्त्रीक राज्यसग सम्पुर्ण दलित प्रशन सोध्न ढिला भैसकेको छ ! केही अपबाद स्वतस्फूर्त परिवर्तन बाहेक अबस्थामा खासै परिवर्तन भएको छैन ! धारा पानी मठमन्दिर छोए कुटिन्छन !अनरजातिय प्रेममा ज्यान गुमाइ रहेका छन !नाबालिका बलाकृत भैरहेका छ्न !गुरुकुलको पढाइ निशेद नै छ !

धारामा भेदभाब कायम नै छ ! डेरा पाउन जात ढाट्नै पर्छ !बिधालय अनि सरकारी कायालयमा मा हुने भेदभाब भोगिरहेकै छौ !होटेलको चुलो छोएको न्यु मा ज्यान लिइन्छ ! अन्तर जातिय बिबाह गरे कि ठाउँ छोडेर भाग्न पर्छ कि मर्न तयार हुन पर्छ ! चुनाबमा दलित उमेदवार सकेसम्म स्विकारिदैन !

आज पनि ७५%भन्दा वढी दलित जनताहरु भुमिहिन वा सुकुम्बासी जीवन बिताइरहेका छन ! सारमा भन्दा विभिन्न रास्टिय आन्दोलन र संघषहरुमा बलिदानी र दलित अधिकारबादी सगठनहरुको पहल स्वरुप सिमित अधिकारका कुरा नया सबिधानमा लिपिबद्द भएतापनी ब्यबहारिक रुपमा न आएकोले बि:स १९१०को जगबहादुर राणाको मुलिकी ऐन तथा मनुबादी सास्कृतिक आदर्शमै आधारित रुपमा हिडिरहेको पुर्स्टी हुन्छ !

दलित आन्दोलन पछाडी पर्नुको कारण हरु !

(क)दलित हरु आफैले एकीकृत आन्दोलन गर्न नसक्नु : १९९७सालमा भारतमा सर्बजित बिस्वकर्मा ले मान्छे लाई मान्छे नमान्ने हरुको बिरोद्दमा हतियार उठाउने प्रण गरेर हतियार किन्न भनी भारतको नखनउ पुग्दा त्यहा तत्कालीन नेपाल प्रजातन्त्र काग्रेश (पछि नेपालि काग्रेस )का नेता सुबण सम्शेर ले भेटेपछी उहालाइ यो योजना छोड्नु होस !जुन बाहुन सग लडेर केही हुदैन ! सिगो राणाशाशन कायममै रहन्छ बरु आउनुहोस हाम्रो पाटिमा सगै लडौ राणाहरु हटेपछी सब ठिक हुन्छ भनेर सम्झाए !

भगत सर्पजितको विश्व सर्बाजन संघ र नेपाल प्रजातन्त्र काग्रेसलाइ एकीकरण गरि सगै राणा बिरोधी आन्दोलन गर्न निणयका साथ नेपाल फर्किए !यसरी इतिहासमा पहिलो पटक छुवाछूत बिरुद उठेको बिद्रोह बिसयान्त्रर भै निशेजन हुन पुग्यो ! ठिक यसैगरी बामपन्थी धारको राजनितिमा पनि यहि सिद्धान्त लागू हुन गयो! २०५२साल भन्दा अघिका सन्सदबादी हरु ले खोक्रो आसापासनमा कुदाए !हाम्रो सरकार वनेपछी यो छुवाछूतको समस्या हल गर्छौ धन्दा मान्नु पर्दैन सब ठिक हुन्छ ! भन्दै भोट बैन्क को रुपमा प्रयोग गरे !आफ्ना पछि कुदाए ! २०५२सालमा शसत्र जनयुद्ध सुरु भयो !

 

 

पहिलेकै पाटी हरु ले झै हाम्रो क्रान्ति सफल भएपछी छुवाछूत पुण रुपमा अन्त गर्छौ ! आउनुहोस साथ दिनुहोस क्रान्ती सफल पारौ भन्दै बम र बन्दुक थमाए ! हजारौ ले वलिदानी गरे तर परिस्थिती जस्ताको त्यस्तै रहयो ! नत प्रजातान्त्रिक नत बामपंथी कुनै धारको राजनितिले पनि दलितको जिबनमा परिवर्तन दिन सकेन! २००७ सालले बन्द बिध्यालयको ढोका सम्म खोल्यो !त्यसभन्दा पहिले बिध्यालय प्रबेशको छुट थिएन !त्यहपछी पाउने भए !

२०४६सालको परिवर्तनले सार्वजनिक स्थलको (कानुनमा बिरोध भासापुण धाराको बाबजुद )प्रबेश छुट भयो !२०७२सालको सालको गणतान्त्रिक सबिधानले दलित सम्बधित हक भनेर सिमित अधिकारहरु लिपि बद्द गरायो !यसभन्दा बाहेक दलितको जिबनमा परिवर्तन आउने कुनै ठोस बिसय दिन सकेन ! ब्यबाहरत जनयुद्ध कालिन समयको तुलनामा झनै सन्कुचन आउन थालेको देख्न सकिन्छ !अजित मिजार कान्ड ,सेते दमाइ कान्ड हुँदै जातिय हिन्साको घटना बढ्दै रुकुम जाजरकोट नरसंहार देखिसकेको छ ! यसरी बिगत इतिहास देखि हाल सम्मका बस्तुस्थितिलाइ केलाउदै गर्दा यो देशको राजनीति शक्ति हरुले खोक्रो आसपासानको भरमा दलित लाई प्रयोग गर्दै आए ! यो शिलशिला निरन्तर रुपमा चलिरहने प्रस्ट नै छ !

त्यसैले ब्यबहारिक मुम्क्ति चाहाने हो भने अरु वाट मुक्ती हुन्छ भनी आसा राख्न बेकार छ !अधिकार मागेर पाइदैन !जबर्जस्ति खोसेर लिन सक्नु पर्छ भने कट्ट यर्थात बुझेर छुटै दलित मुक्ति आन्दोलनको उडान गर्न नसक्नु दलित आन्दोलन पछाडि परेको हो !

बिमल बिश्वकर्मा

(ख) समाजले छुवाछूत समस्यालाई सामान्य अर्थमा बुझिदिनु := हाम्रो समाज खास गरि पिडक पक्षले छुवाछूत लाई यो केही होइन भनेर सामान्यकरण गरि दियो ! जस्तै आर्थिक स्तर माथी उठे स्वतह हट्दै जान्छ ! फोहोरी भएर छुवाछूत गरिएको हो सफा सुगर भएपछि हट्छ ! खानपानको कारणले गरिएको हो पुरानो पुस्ता सकिएपछी हट्छ ! समाजबाट छुवाछूत हटिनै सक्यो !सविधान बाट दलित भनेर छुटाउन आबश्यक थिएन ! आरक्षण लिने माध्यम मात्र हो ! दलित भनेर जबसम्म वर्गीकरण गरिन्छ तब सन्म छुवाछूत कायम रहिरहन्छ भने जस्ता भ्रमाक कुराहरु फैलाइएको पाइन्छ! यहि मनोबिज्ञानको प्रभाब दलित हरुमा पनि पर्न थालेको देखिएको छ !जसले गर्दा दलित आन्दोलनलाइ एकिक्रुत र सगठित बनाउन पहल गर्नुको सट्टा दलित शब्द प्रती आपती गर्ने बिबाद बनाउने आफ्नो थर जात लुकाउने ब्यक्ती हरुको संख्या बढ्न थालेको देखिएको छ ! समाजको चार बण मध्ये दलित दलित शब्द भन्दा पिधको वर्ण हुनाले आर्थिक रुपले पछाडि पर्न गयो !यहि आर्थिक कमजोरिले गर्दा शैक्षिक ,सामाजिक ,सास्कृतिक,र राजनीतिक सम्पुर्ण पक्ष कमजोर हुन गयो! कहिले पनि माथि उठ्नै सकेन ! यश प्रकार समाजकै एक अंग पक्षघात हुदा देश बिस्वकै बिकास कै गतिलाइ अबरोध गरेको छ ! यो अर्थमा यो एउटा बर्ग वा जातिको समस्या नभएर सिगो समाजको समस्या हो भनेकुरा यो समाजले कहिलयै स्वीकार गरेन !नत राजनितिक दल हरुले नै ! त्यसकारण दलित नेता हरुलाइ नै आफ्नो आफनो दलमा दलितका मुद्दा उठाउन फलामको चिउरा चपाउन सरह भयो !यो मुद्दामा उनीहरुको अबस्था रुझेको मुसा जस्तै रहिरहयो ! यसरि जुन मुद्दाले समाजमा स्थान नै पाउन सक्दैन भने आन्दोलन अघि बढ्ने सम्भावना नै रहदैन !

(ग)छुवाछूत लाई धर्म र सस्कार सग संबंधित गरिनु := मान्छेको जिबनमा धर्म र सस्कार भनेको यस्तो मनक हो जुन गर्ब बाट सुरु हुन्छ र मुर्त्यु पर्यत्न जीवन शैली बनेर रहिरहन्छ !तसर्थ हिन्दु धर्मले बनाएको चार बणको मानक जातिय उच्चता र निचताका आधारमा सास्कृतिक बनेर सामाजिक जिबनमा घुलिएको छ !यश किसिमको धार्मिक र सास्कृतिक रुपले जगडिएको बिकृती हटाउन दलित एकलैको प्रयास बाट मात्र सम्भब छैन !जबकी हिन्दु धर्म गुरुहरुको पहल वा धर्म सभाको निणय नै आबश्यक देखिन्छ ! सम्भन्धित ब्यक्ती हरु सजिलै सहयोग गर्ने अबस्थामा छैनन ! मात्र होइन प्रतिरोधका निम्ति तमतयार छन ! दलित अधिकारबादी हरुको तर्फ बाट यस्ता कुरा उठाए धार्मिक बिखन्डन ल्याउन खोजिएको मिलेर रहेको ,मिलेर रहेको सामाजिक सद्भाव भड्काउन खोजेको आरोप लाइन्छ ! धर्म र सस्कारको बिकृती बिसगती का कुरा उठाउदा दलित भित्र पनि मत बिभानजको अबस्था आउन खोज्दछ ! यी यस्ता कारणहरुले गर्दा दलित सगठन वा नेतृत्व कर्ता हरु बिस्तारै बिस्तारै स्वखलनको दिशा तर्फ उन्मुख हुने समस्या पनि आउने गरेको छ यस्ता गम्भीर मुद्दा सामना गर्न गाह्रो भएकोले पनि दलित आन्दोलन ले अपेक्षित गति लिन नसकी पछाडी परेको हो !

(घ)दलित भित्र पनि बर्ग अनुसारको चिन्तन र ब्यबाहार हुनु =: नेपाली समाज जसरी बर्गिय रुपमा बिभाजित छ !ठिक त्यसै गरि दलित समुदायमा पनि बर्गियरुपमा तह रहेको पाइन्छ ! बर्गिय बिभाजन अनुसार कै चिन्तन, चाहाना ,इच्छा ,आकन्क्षा पनि फरक फरक छन !ठूलो संख्या मा रहेको समाजको पिधको पनि अझ पिधमा बाच्न बिबस दलित सर्वाहारा बर्ग छन !यिनी हरुको प्रमुख समस्या गाँस बाँस कबास नै हो ! यो बर्गका शिक्षा र चेतनाको स्तर न्यून छ ! त्यसैले गर्दा उनिहरुमा एउटा नागरिक को हैसियतमा के कस्तो अधिकार पाउनु पर्ने हो ? किन पाइसकेका छैनौ ?कसरि पाउन सकिन्छ ?चिन्तन चिन्ता गर्ने क्षमता कम छ !जसले सोच्न सक्छन र पनि त्यो क्षेत्रमा समय दिन सक्दैनन !तसर्थ बरु अपमान सहन तयार हुन्छन बिरोध गर्न चाहादैनन ! केही मात्रामा रहेको उच्छ बर्ग जो आफुमा घमन्ड गर्छन र थर गोत्र तोडफोड गरेर आर्थिक पहुचकै आधारमा समाजमा घुल्न चाहान्छन ! आफुलाइ दलित भनेर चिनाउन चाहादैनन ! सगठित रुपमा आन्दोलनको आबश्यकता महसुस नै गर्दैनन ! यो बर्गबाट आन्दोलनमा उचित साथ र सहयोग पाउन सकेको छैन ! अब बाकी रहेको मध्यम र निम्न मध्यम बर्ग मुक्तिको चाहाना अलि बेसि राख्दछन !र विभिन्न सगठन बनाइ छुवाछूत अन्त्यको खातिर कृयाशिल छन! तर राजनीति बन्दिको सिकार र माथी भनिएझै आसे प्रबृदी दलका नेताको गठपुतलीको कारण आन्दोलन पाई सहि दिशातिर हाक्न सकिरहेको छैन ! यसरी बर्गिय स्वरुपले पनि दलित आन्दोलन लाई असर पारिरहेको छ !

(ङ)साझा समस्याको साझा एकताबद्द हुन नसक्नु =: फुटाउ र शासन गर भने सामान्त बादी सिद्धान्त को सबै भन्दा बढी असर यहि दलित समुदायमा परेको देखिन्छ हिजोको दिनमा जसले जात ब्यबस्थाको परिकल्पना गर्यो उसैले अत्यन्त कुटिलता पुर्बक पारिदिएको असमानताको चिरा आज प्रयत्न यथावत छ ! तसर्थ क्रमस एक पछि अर्को ठूलो बाट सानो तिरको श्रेणी क्रमबद्ध रुपमा देख्न सकिन्छ ! यो त शिक्षाको बिकास सगै बितारै हट्दै छ !तर धार्मिक आस्थाको बिभाजन अलि पेचिलो बन्दैछ ! खासगरी ठूलो सख्यामा दलित हरुको बसोबास रहेको सुदुरपशिमले धर्म निरपेक्षता लाई स्विकार गर्न नसक्नु र कति अभियन्ता हरु धर्म निरपेक्ष हिसाबले अघि वढ्नु ले एकिकृत दलित आन्दोलनमा असामान्य जस्ता वा एउटै मोर्चामा आबद्ध हुने अबस्था नरहेको होकि भने आभास हुन्छ ! राजनीतिक सिद्धांतका आधारमा मत भिन्नता पनि यथावत नै छ यी सम्पुण अबस्थाको वाबजुत साझा साझा समस्याको साझा मोर्चामा एकताबद्ध हुन जरुरि छ हाल सम्मको ईतिहास र घटनाहरुलाइ मुल्यांकन गर्दा यो बिसयले स्थान पाउन नसकेको लेपनी आन्दोलन ले उचित गति लिन नसकेको तथ्य प्रस्ट हुन्छ ! यति हुदा हुँदै पनि हामी सम्पुर्ण आसाबादी भएर अघिबढ्न जरुरी छ कमिकमजोरी सच्याएर अघि बढे परिवर्तन हाम्रै पालामा देख्न  सकिन्छ

लेखकद्वय , बिमल बिश्वकर्मा बाजुरा , हाल साउदी अरब ।

रमेश रसाइली , चितवन

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्