आमा छोरीको जन्म मिति एउटै !



सैघाली खबर,

बझाङ, १७ पुस। – आमा र छोरी जन्म मिति एउटै बनाएर वर्षौंदेखि जेष्ठ नागरिक भत्ता लिइरहेको रहस्य खुलेको छ । बझाङको खप्तड छान्ना गाँउपालिका–३ सुनारगाँउ बस्ने जला सुनार र उनकी छोरी मिस्रा सुनारको एउटै भएको किर्ते कागजात बनाई २०६६ साल देखि जेष्ठ नागरिक भत्ता लिँदै आएको खुलासा भएको हो ।

जन्म दिने आमा र छोरीको जन्म मिति एउटै भेटिए पछि गाँउपालिकामा हल्ली खल्ली भएको छ । आमा जला सुनारको २००८ साल चैत्र ३० गते जन्म भएको भन्ने नागरिकता छ । उनकी छोरी मिस्रा सुनार पनि २००८ साल चैत्र ३० गते नै जन्म भएको भनि जेष्ठ नागरिक भत्ता लिइरहेको खप्तड छान्ना गाँउपालिका–३ का अध्यक्ष मंगल सुनारले बताउनुभयो ।

‘२०६६ सालदेखि आमा छोरीले किर्ते कागज तत्कालीन गाविसमा पेश गरेर सरकारले दिने जेष्ठ नागरिक भत्ता लिईरहेका रहेछन्’ अध्यक्ष सुनारले भन्नुभयो ‘जेष्ठ नागरिक भत्ता पाउनेहरुको अनुगमन गर्दा यस्तो भेटियो ।’

मिस्रा सुनारले आफ्ना भाई शंक सुनारको छोरा शिशिर सुनारको र छोरी अपेक्षा सुनारकोसमेत किर्ते जन्म मिति बनाएर दलित बालबालिकाका लागि दिइने पोषण भत्तासमेत लिएको थप रहस्य खुल्न आएको छ । राज्यले उपलब्ध गराएको सेवा सुविधा यसरी दुरुपयोग गर्नेलाई कानुनी कारवाही हुनुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।ujyalonline

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्