‘नेपाली पोषक, नेपालको पहिचान’ ( भिडीयो सहित)



समिक्षा गाहा
दाङ १७ पुष।।
नेपाली पोषाक, नेपाली पहिचान भएकाले यसलाई जोगाई राख्नु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाली पोषाक नै राष्ट्रिय गौरब भएकाले यसलाई बचाई राख्नु सबै नेपालीको कर्तब्य हुने उनीहरुले बताएका हुन् । ‘हाम्रो सस्कृति हाम्रो पहिचान,राष्ट्रिय पोषाक सरक्षण हाम्रो महाअभियान’ भन्ने मुल नाराका मनाईएको पाचौ प्रस्ताबित राष्ट्रिय पोषाक दिबशका अबशरमा मन्तब्य ब्यक्त गर्दै बक्ताहरुले यस्तो बताएका हुन् ।
राष्ट्रिय पोषाक सरंक्षण अभियान दाङले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले नेपाली पहिचान, संस्कृति जोगाई राख्न यस्ता अभियानले महत्वपुर्ण भुमिका राख्ने समेत बताएका थिउ ।

कार्यक्रममा बिभिन्न संघसस्था,बिद्यालयहरुलगायतबाट सहभागि भई नेपाल पोषाकमा सजिएर अआफ्नो प्रस्तुति राखेका थिए । सोभितजगं शाहीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंङ चन्दको प्रमुख आतिथ्य एबम पत्रकार महासघंका अध्यक्ष सबिन प्रियासनको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतिक्षा पौड्यालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बसन्त लम्सालले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्