राज कुमार कार्की
“पद”
मानिस सब दगुर्दैछन् पछि पैसा अनि पद।
आफ्नै मात्र शिर उच्चो राख्न खोज्छ पनि कद।।
फुटाउने जुटाउने गर्दछ्न् किन आफ्नै पार्टी ।
सोझा साझा जनतालाई प्रवेश गराइ ढाटी ढाटी ।।
चाहे हुन् शेर राम कृष्ण गर्छ्न् किन अबैध काम।
पद कै लागि अघि सारि नातागोता कै पो नाम।।
पद कै लागि पेल्दै छन् कोदो तोरी मिसि तेल ।
छुट्याउछन् जनताले कस्ले पो है गरे छ झेल।।
पदको लागि झोला भरी पैसा बोकि किन कुद्ने?
सम्धी सम्धीना नाता गोता सबले नियुक्ति बुझ्ने।।
काम छैन पुराना नै कार्यकर्ताको पार्टीमा अहिले ।
नियुक्ति गरि आफ्ना सबको भर्ती केन्द्र जहिले ।।
पद विना पो कसरी जाने एक्लै फेरि आर्य घाट ।
यमराजले हिसाब राख्न तिनको फेरि गर्लान आट?
पुराना सब कार्यकर्ताको मृत्यु पछि ओढाइ झन्डा।
बाचुन्जेल हान्दैछ्न पिठ्युँ नै चढि यिनले डन्डा।।
अहिलेसम्म मिल्दैछ है नव प्रबेशीलाई ठुलै पद।
पार्टीको सिर उच्चो हुदैन पुरानाको घटाइ कद।।
नयाँ पुरानोलाई गर बराबरी नगरी भेदभाव अब।
पुराना सबले छाडिदिए के गर्नेछौ है फेरि तब।।
उता नयाँ पुस्ता पनि भन्दैछ खोइ हामीलाई पद।
बलियो हुदैन् पार्टी घटाइ यिनको फेरि अब कद।।
राजा देखि रङ्क सबलाई चाहिने सधै किन पद?
पार्टी राम्रो हुदैन् गुट बनि कुरा नमान्नेको गरि बध।।
जे जे लेखे मैले सब नै साचो सत्य कुरा हुन ।
पद नै सब थोक हैन कार्यकर्ताको कुरा सुन ।।
धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।