सांसद गंगा चाैधरीकाे कस्ताे भयाे भाईटिका



भालुवाङ १ मंसिर । प्रतिनिधि सभा सदस्य गंगा चाैधरीले संञ्चारकर्मी तथा नेकपाका युबा नेता नेत्र खनाललाई भाईटिका लगाई दिएर तिहार मनाएकी छिन् ।

अाफ्नो दाईभाईलाई टिका लगाउन नपाएकी सांसद चाैधरीले  लामाे समय पत्रकारिता क्षेत्रमा काम गरेका खनाललाई धर्म भाई बनाएर टिका लगाइदिएकी हुन् । राजनीति यात्रामा राष्ट्र र राष्ट्रियताकाे बिषयमा दरिलाे खम्बाकाे अाबाज बुलन्द पार्ने सांसद चाैधरीले काेरोना कहरका बिचमा पनि धर्म भाई बनाई खनाललाई टिका लगाइदिएकी हुन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँ स्थित अाफ्नै निबासमा सांसद चाैधरीले धर्मे भाई खनाललाई टीका लगाई दिएकी थिइन् । टिका ग्रहणपछि भाई खनालले अाफ्नो गच्छे अनुसार दिदीलाई दक्षिणा दिएका थिए । भने दिदी चाैधरीले पनि भाई खनाललाई लामो अायु तथा दिर्घायुको कामना गर्दै मिठामिठा खानेकुरा खान दिएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्