बेलझुण्डी कोरोना विशेष अस्पतालमा संक्रमित र स्वास्थ्यकर्मीको तिहार



यादव सैघाली, दाङ २ मंसिर । तिहारको शुभकामना हाम्रा लागि बाँचिरहेका दिदीबहिनीहरुलाई, संसारभर फैलिएको कोरोना भाइरसका कारण दुनियाँ थर्कमान भएको छ । कस्ता कस्ता मै हुँ भन्नेहरुलाई पनि कोरोनाले धरासायी बनाएको छ ।

संसारका करोडौं मानिस आज यसको चपेटामा परेका छन् । यसको लक्षण र आक्रमण गर्ने तिब्र क्षमताका कारण मानिसहरु एक आपसमा छोइन डराइरहेका छन् । यसले मानिसले मानिसलाई छुनपनि नहुने अवस्थामा यसले पुर्याएको छ । यसको आक्रमणबाट हामी पनि अछुतो रहन सकेनौं । यसबाट जोगिन हामीपनि भरपूर प्रयास गर्दै अस्पतालको शैयाबाटै यसलाई चनौती दिइरहेका छौं ।

दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालबाट म यो कुरा प्रत्यक्ष प्रशारण गरिहेको छु । मानिसहरुलाई हाल कोरोनाका विरामीहरुको उपचार भइरहेको बारेमा अलि अन्यौल भइरहेको जस्तो लाग्छ । अन्यौल यस मानेमा की उनीहरुको उपचार कसरी भइरहेको छ ? सरकारी अस्पतालहरुमा विरामीप्रति निकै लापरवाही गरिन्छ भन्ने प्रचार बाहीरहुँदो हिजो पनि थियो र आज पनि छ । सरकारी नीति तथा व्यवस्थापन त सबै अस्पतालहरुमा एकैखाले नहोला तर अस्पतालहरुमा विरामीको स्याहारमा खट्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको लगाव र मेहनत तथा कर्तव्यनिष्ठता देखेर म चकित परें । सलाम छ ती कर्तव्यनिष्ठ हातहरु र निष्कलंक मनहरुलाई । त्यसकारण यी अनुभवका २,४ हरफ कोर्दैछु ।

कोरोनाभइरसको प्रकोप बढेसँगै उपचारका लागि यो अस्पताल खुलेपछि कुनैपनि कर्मचारीले तिज, दसैँ र तिहार जस्ता चाडहरु मनाउन पाएका छैनन् । तर मानिसले आफूलाई जस्तो अवस्थामा पनि बदल्न सक्दो रहेछ । चाडपर्वहरु वर्षभरीको दुःख बिर्साउने बिसौनीको रुपमा खुशी मनाउने समय भएपनि कोरोनाका विरामीहरुको उपचारमा तल्लीन यी स्वास्थ्यकर्मीहरु र कर्मचारीहरुका लागि यही अस्पतालमा काम गर्नु र विरामीको उपचारमा खट्नै नै खुशी मान्नु पर्ने अवस्था रहेको छ ।

जहाँ पनि खुसी मनाउने हो हामी उहाँहरुको उपचार गर्दै तिहार मनाउँदै यसमै हामी खुसी छौं समिक्षा रिजालले भन्नु भयो । घर जाँदा परिवारमा कोरोना सर्ला भन्नेडरले हामीले संक्रमितहरुलाई सामुहिक टिका लगाइदिएका हौं, उहाँको भनाइ रहेको छ । कोभिड संक्रमितहरूको जीवन रक्षा गर्न अबिरल आगोको भट्टीमा पसिरहेका यी मान्छेहरू अरु कोही होइनन् तपाईं र हाम्रो जस्तै मन र मुटु भएका मानिस हुन् ।

हामीलाई बचाउन आफूलाई जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी अनि व्यवस्थापनमा खटिएका कर्मचारी । अरुलाई बाँच्ने जति रहर हुन्छ नि त्यो भन्दा एकइञ्च पनि कम हुँदैन यिनिहरूलाई पनि बाँच्ने रहर । यसर्थ यो क्राइसिस मेनेजमेन्टमा अहोरात्र खटिरहेकाहरूलाई घृणा होइन सलाम मात्र दिन सके कति सुसंस्कृत हुँदो हो मेरो समाज । दुःख लाग्दो रहेछ त्यतिबेला जब जाँडको नसाले मद्होस केही पथभ्रष्टहरूले अस्पतालको प्राङ्गणसम्म समेत नकुल्चीकन कर्मचारी र स्वास्थ्यकर्मी विरुद्ध तथानामरुपमा विष बमन गर्दछन् ।

हाम्रो तर्फबाट ती नरकंकालहरूको पनि तिहार सुखद रहोस प्रार्थना गर्दछौँ । हृदयबाटै नमन गर्दछु यो अस्पतालमा कार्यरत सम्पूर्ण बहिनीहरूलाई । जसले हामीलाई बचाउन आफ्नो स्वास्थ्य जोखिममा राखिरहेका छन् । अनि सिङ्गो अस्पताल परिवारलाई र सम्पूर्ण कोभिडसँग प्रत्यक्ष लडिरनु भएका आमा बुवा, दाजूभाई दिदीबहिनीहरूलाई पनि तिहारको शुभकामना । साथै सम्पूर्णमा तिहारको शुभकामना समेत टक्र्याउँछु । संधै जय होस तपाईंहरुको ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्