देउखुरी क्षेत्रमा दुर्घटना बढ्दै, बराखुट्टीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते



ओमप्रकाश गुप्ता, सिसहनियाँ २ मंसिर । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्री गम्भीर घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका २ बराखुट्टीमा मंगलवार राती करिव ६ः१५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदा पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी ५० वर्षका मैते कुमाल गम्भीर घाइते भएका छन् ।

घाइते कुमालको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । घाइतेलाई अहिले उपचारका लागि भालुवाङ पठाइएको र ठक्कर दिने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्