दाङमा राष्ट्रिय जनजाती सम्मेलन हुँने



‘समिक्षा गाहा ,दाङ १७ पुस ।
प्राज्ञिक बिद्यार्थी परीषद नेपालले दाङमा राष्ट्रिय जनजाती सम्मेलन गर्ने भएको छ । देशभरका १ सय ५० भन्दा बढि जनजाती बिद्यार्थी एब शिक्षकहरुको सर्बाङगिन विकासका लागी जनजाति सम्मेलन गर्न लागिएको महासचिब रमेश कडेलले जानकारी दिए । पुस २१ र २२ गते घोराहीको सिरडी साइ मन्दिरमा आयोजना हुने पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

सम्मेलन जनजाती युवा बिद्यार्थी ,शिक्षकको शारीरीक एबं बौद्धिक बिकासका लागी बिभिन्न प्रशिक्षण दिइने परीषदका महासचिब कडेलले जानकारी दिए । उनले देशमा सम्रग जनजाती क्षेत्रको आर्थीक ,शैक्षिक ,सामाजिक, सास्कृतिक अबस्था सुधार गर्नुका साथै चुनौतीको बारेमा बिशेष चर्चा हुने बताएका थिए । सम्मेलनको २१ गते बिहान ११ बजे उदघाटन गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्