एनआरएनको Covid-19 Hero Award साहित्यकार राईले गरे अस्विकार



कतारमा रहेका साहित्यकार तिर्थ संगम राईले एनआरएनएद्धारा प्रदान गरिएको ‘कोभिड १९ हिरो अर्वाड’ अस्वीकार गरेका छन् । कोरोना कहरका बेला विश्वका विभिन्न देशमा रहेका नेपालीहरुबाट कोरोना रोकथाम, नियन्त्रण र कोरोनाका कारण समस्यामा परेका नेपालीको सहयोगका लागि जुटेका व्यक्तित्वहरुका लागि भन्दै एनआरएनएले प्रदान गरेको कोभिड-१९ हिरो अर्वाड राईले अस्वीकार गरेका हुन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्

म यो सम्मान लिन असमर्थ छु । म सम्मानको बिपक्षमा छैन र कहिले हुने छैन । सम्मान असल कार्यको बिम्ब हो । तर यसलाई प्रचारवाजी वा सस्तो लोकपृयता अझै बिना संघर्ष पाएको कुनै पनि अलंकार मेरो लागि स्विकार्य हुने छैन । जस्ले सहि मुल्यांकन र योगदान गरेका छन सबैलाई बधाई तथा शुभ कामना । मैले यो सम्मानको खातिर केही गरेको छैन तसर्थ स-सम्मान फिर्ता गर्न चाहान्छु ।

सन्दर्भ – COVID 19 HERO AWARD मेरो आफ्नो धारणा । ‘सम्मान’ आफैमा गहकिलो अलंकार हो । तर सम्मानलाई सस्तो र लोकपृय बनाउने अधिकार कुनै राज्य, समाज, संघ संगठन या ब्यक्तिलाई छैन । सम्मान दिदा र लिदा कमसेकम केही आधारहरु तयार गरौं । १ सम्मान दिदा शब्द चयन र नामाकरणमा ध्यान दिऔं । २ कस्को योगदान, समर्पण र निरन्तरता कति छ उचित मुल्याकंन गरौं । ३ एक दिन उद्दार गर्ने र निरन्तर उद्दार गरिरहनेलाई एउटा तुलोमा नजोखौं । ४ मानविय कार्य वा परोपकारी कार्यको लागि सकेसम्म सम्मान बाड्दै नहिडौं । यो मानविय कर्तब्री हो । ५ सम्मान लिने लहरमा उभिदा आफुलाई गर्वको महसुस होस नकि अरुको सामु होचोको आभास होस् । ६ सम्मान दिनु भन्दा पहिला सम्मानित ब्यक्तिहरुलाई जानकारी गराउ । यस्ले बिबादको सृजना उत्पन्न हुन्न । ७ सम्मान लिनु नलिनु सम्मानित ब्यक्तिको निजि अधिकार हो । ८ सम्मान दिदा समाबेसी, आरक्षण र नातागोता आदिलाई भुलौं । ९ सबै सम्मानहरु दिनुको पछाडी धेरै कारकहरु हुन्छन् । त्यस्लाई स्पष्ट पारौं। १० यदि गलत ब्यक्तिलाई सम्मान गरियो अर्थात भुलबस सम्मानको गलत परिभाषा हुन गयो भने बिना हिच्किचाहट क्षमा मागौं । भुललाई सुधारौं । किन भने लिने भन्दा दिने महान हो । हिपहिप हुर्केको तालमा गलतलाई सहि हो भन्ने तर्क नगरौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्