बुहारीलाई छोराले दाम्लोले बाँधी तेल खन्याउदा थाहा पाइन भनी टुलुटुलु हेरि बस्ने सासू प्रकाउ



 धादिङ , निलकण्ठ नगरपालिका वडा न .११ साबिकको ज्यामरुङ ,लम्साल गाउँमा गत कार्तिक १८ गते आस्बिन परियारले आफ्नै जिबनसङ्गिनी पुजा परियारलाई तेल तताएर तातो तेल टाउकोबाट खनाइदिएकी थिए । पाँच बर्ष अगाडि प्रेम बिवाहा गरेका पुजालाई एक बर्षको छोरा समेत रहेको छ । बिवाहा भएको केही महिना देखि नै पुजालाई सङ्का गर्ने , कुटपिट गर्ने , अत्याधिक मदिरा सेवन गर्ने पुजा परियार बताउछिन् , छोराको जन्म भैसके पछि माइतीघरमा करिब छ महिना बस्दा आफ्नै श्रीमानले भिडियो कलमा अस्लिल हर्कतको लागि पुजालाई दबाब र धम्काउने अनि नमान्दा अरु संग लागिस् भनी टचर गर्ने गरेको र माइतबाट आएको केही दिन मै सासुले पुजाको श्रीमानलाई मोबाइलमा अस्लिल भिडियो देखे मैले भनी कुरा लगाए पछि पुजाका श्रीमानले एक्कासी पुजाको मोबाइल फुटाइ पुजालाइ दाम्लोले बाँधी तातो तेल उमालेर टाउकोबाट खन्याइ दिएका थिए ।

किर्तिपुर अस्पतालमा उपचाररत पुजा परियार

पुजाका शरीरको कपडा समेत चक्कुले काटेर पुजालाइ बोलिस , चिच्याइस भने मारिदिन्छु भनी धम्काइ कुटपिट गर्दै यातना दिएका थिए । तातो तेलले पुरै जलेकी पुजा आफ्नो श्रीमानले मार्छ भन्नी डरले आफै माछा पकाउदा तेलले डढेको भनी गाउलेलाई उपचार गरिदिन अनुरोध गरेकी थिइन् । धादिङ उपचार सम्भब नभए पछि पुजालाइ काठमाडौ , किर्तिपुर अस्पताल ल्याएर उपचाररत छिन । यता आफ्नै श्रीमतीलाई यातना दिएर तेल खन्याउने आस्बिन परियारलाई भनी उहीँ दिन नै प्रहरीले पक्राउ गरेको थियोे । परियारलाई रासायनिक, जैविक तथा बिषालु पदार्थ प्रयोग गरि ज्यान मार्ने उद्योग र अङ्गभङ्ग अन्तरगत मुद्दा चलाएको जिल्ला प्रशासन धादिङका प्रहरी निरीक्षक मनिराक भट्टले बताए । केही दिन पछि पुजाको सासू सीता परियार र ससुरा सुजन परियारलाई समेत सोही मुद्दामा पक्राउ गरि अनुसन्धान बढाइएको बताए । विभिन्न मिडिया र जब पुजा बोल्न सक्ने भइन् आफ्नो सासु समेत यो घटनामा मिलेको र सासुले सबै देख्दा समेत वास्ता नगरेको भन्दै पुजाले आफुलाई बचाउन सासुलाई आग्रह गर्दा पनि सासू हेरेर बसेको भन्दै सासुलाई कारवाहीको माग गरेकी थिइन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्