फेसबुकले लगायो भान्टा र आरुमाथि प्रतिबन्ध



एजेन्सी। सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ।सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको हो।योसँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन।

भान्टा तथा आरुको आकारले अश्लीलता प्रवद्र्धन गरेको ठहरसहित फेसबुकले यस्तो कदम चालेको हो। पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको छ।

न्यूज पोर्टल एक्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौनकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ।

कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्